
फाईल तस्वीर
बारेकोट, २८ असार । अविरल बर्षा संगै आएको हावाहुरीका कारण बारेकोटमा ३ सय भन्दा बढी पशुचौपाय मरेका छन् । गाउँपालिकाको वडा ६ धुमा र घर्तीगाउँ किसानले पालेका ३ सय भन्दा बढी पशुचौपाय मरेको गाउँपालिकाको पशुपंक्षी शाखाले जनाएको छ ।
गाउँपालिका भित्रका पाटन (चरण क्षेत्र) मा लिएका भेडा बाख्रा, घोडा लगायतका पशुचौपायहरु मरेका हुन् । जेठ ३१ गते देखिको नियमित बर्षा संगै हालसम्म ३ सय भन्दा बढी पशु चौपायहरु मरेको पशुपंक्षी शाखाका प्रमुख भीम चलाउनेले बताए ।
उनले भने, ‘कुन पाटनमा कति मरेका हुन् सबै जानकारी प्राप्त हुन सकेको छैन्, हामी विवरण संकलनमा लागि रहेका छौँ, पशुचौपायहरु मरेका किसानहरुलाई राहतका लागि गाउँपालिकामा सबै विवरण पठाउँछौँ ।’ पीडामा रहेका किसानहरुलाई थोरै भएपनि राहत वितरणका लागि पहल गरिने उनको भनाई छ ।
मुख्य पेशाका रुपमा पशुपालनलाई लिएका किसानको पशुवस्तु नै मरेपछि किसान निकै चिन्तित बनेका छन् ।
















































। २८ असार २०७८, सोमबार