
खलंगा, २० असार । जातीय विभेदको कसुरमा सजाय भोगिरहेका व्यक्तिलाई सरकारको वहालवाला मन्त्रीले वलजफती गरी छुटाएको भन्दै नेकपा –विप्लव) निकट नेपाल दलित मुक्ति मोर्चा जाजरकोटले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गरेको छ ।
आइतबार जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा मार्फत प्रधानमन्त्री केपी वलीलाई एक ज्ञापनपत्र बुझाउँदै पत्रकार रुपा सुनारलाई दलित भएकै कारण काठमाडौमा कोठा नदिने सरस्वती प्रधानलाई जवरजस्ती गरी प्रहरी हिरासत बाट छुटाएको भन्दै मन्त्री श्रेष्ठ र प्रधानलाई कारबाहीको माग गरेको हो ।
मोर्चाका जिल्ला अध्यक्ष धर्वेन्द्र विकको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा गएको टोलीले संसदीय व्यवस्थाको संविधानमा अपराध भनी उल्लेख गरिएको भएपनि राज्यका वहालवाला मन्त्रीले नै छुटाउन गएकोले मन्त्रीलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाईको अध्यक्ष विकले जानकारी दिए ।
यस्तो छ ज्ञापनपत्र ः


















































। २० असार २०७८, आईतवार