रामेछापमा मनोपरामर्श तालिम 

रामेछाप । रामेछाप नगरपालिकाको आयोजनामा तीन दिने मनोपरामर्श तालिम सम्पन्न भयो । कोरोनाको प्रकोपले समुदायमा पारेको मनोसामाजिक असरलाई मध्यनजर गर्दै नगरपालिका भित्रका अगुवा महिला , महिला स्बास्थ्यकर्मी तथा महिला जनप्रतिनिधिहरुका लागि कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका उपमेयर सृजना खड्काले कोरोनाको महामारीले समुदायमा मनोसामाजिक समस्यामा वृद्धि आएको र मानसिक स्बास्थ्यको क्षेत्रमा पनि कार्यक्रमहरु अगाडि बढाउनु अति जरुरी देखिएकाले अहिलेको असहज अबस्थामा पनि सामाजिक दुरि कायम गर्दै मनोपरामर्श तालिमको कार्यक्रम राख्नु परेको बताउनु भयो । मनोसामाजिक परामर्शका कार्यक्रमहरु आगामी दिनहरुमा नगरपालिकाका सबै वडाहरुमा संचालन गर्ने प्रतिबद्धता पनि जनाउनु भयो । तालिमको सहजिकरण मनोविद् गोपाल ढकालले गरेका थिए ।
रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरि दाहालले घरेलु हिंसा , यौन दुर्व्यवहार , अपराधका कतिपय घटनाहरु मनोसामाजिक समस्या तथा मानसिक रोगका कारणले पनि हुने भएकाले मानसिक स्वास्थ्यमा ध्यान दिनु पर्ने बताउनु भयो । कार्यक्रमको समापन गर्दै नगरपालिकाका प्रमुख प्रशासकिय अघिकृत रामचन्द्र लामगादेले अहिलेको अबस्थामा कार्यक्रम अति नै समय सान्दर्भिक भएको , रामेछाप नगरपालिका भित्र पहिलो पटक यस्तो प्रकारको तालिकको आयोजना गरिएको र आगमी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर रुपमा गर्नु आबस्यक रहेको अौल्याउनु भयो ।
कार्यक्रममा पचास जना भन्दा बढिको सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया