
खलंगा, १५ असार । कर्णाली प्रदेश सभा सदस्य कौशिलावत्ती खत्री यति वेला आयोजना अनुगमनमा व्यस्त छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सञ्चालन भईरहेका आयोजनाहरुको अनुगमन गर्न आफ्नो निर्वाचन क्षेत्रका जनताको घरदैलोमा खत्री पुगेकी छन् ।
निर्माण काम कति सम्पन्न भए, कति बाँकी छन्, जनताको आवश्यकता केहो ? लगायतका जनताका समस्याहरुको पहिचान गर्न खत्री निर्वाचन क्षेत्रका जनताको घर दैलोमा व्यस्त रहेको सांसद खत्रीको निजी सचिवालयले जनाएको छ ।

सोमबार छेडागाड नगरपालिको सडक, विद्यालय लगायत वडा नं १२ मा सञ्चालित आयोजनाहरुको अनुगमन समेत गरिएको छ ।



















































। १५ असार २०७८, मंगलवार