भेरी नगरपालिकाले ल्यायो झण्डै ६२ करोड बजेट (पूर्णपाठ सहित)

May be an image of 7 people, including Bhawana Bhandari and people standing
खलंगा ११ असार । जाजरकोटको भेरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि झण्डै ६२ करोड बजेट ल्याएको छ । नगर उप–प्रमुख भावना भण्डारीले शुक्रवार नगर सभामा आगामी आर्थिक वर्षको लागि ६१ करोड ९० लाख ४० हजार बजेट पेश गर्नुभयो ।

जसमध्ये संघीय सरकार बाट वित्तिय समानीकरण अनुदान रु ११ करोड ९७ लाख, सशर्त अनुदान रु ३० करोड २० लाख, राजश्व बाँडफाँड वापत रु ९ करोड ६३ लाख ७७ हजार, विशेष अनुदान रु ९६ लाख र समपुरक रु २ करोड ४० लाख गरी जम्मा ५५ करोड १६ लाख ७७ हजार र कर्णाली प्रदेश सरकार बाट वित्तिय समानीकरण

अनुदान रु १ करोड २८ लाख ४५ हजार, राजश्व बाँडफाँड वापत रु १४ लाख १० हजार, शसर्त अनुदान २ करोड ३१ लाख ८ हजार समपुरक अनुदान १ करोड २० लाख, विशेष अनुदान ३० लाख गरी जम्मा रु ५ करोड २३ लाख ६३ हजार एवं नगरपालिकाको आन्तरिक श्रोत बाट रु १ करोड ५० लाख आम्दानी हुने अनुमान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया