मिडियामैत्री नीति तथा कार्यक्रम ल्याउन पत्रकार महासंघ जाजरकोटद्धारा स्थानीय तहलाई अनुरोध


खलंगा, ९ असार । नेपाल पत्रकार महासंघ जाजरकोटको तर्फबाट आगामी बजेट तथा कार्यक्रमका लागि जिलाका सबै स्थानीय तहहरुलाई मिडियामैत्री बजेट तथा कार्यक्रम बनाउन अनुरोध गरेको छ ।

जाजरकोटका ३ नगरपालिका र ४ गाउँपालिकामा स्थानीय तहले आगामी आ.व. ७८ ७९ को लागि नीति तथा कार्यक्रम र बजेट ल्याउन तयारी गरिरहेको वेला पत्रकार महासंघ जाजरकोटले समग्र विकासमा टेवा पुर्याउन विगत देखि पत्रकारले खेलेको भुमिका अहम रहेको भन्दै सञ्चार क्षेत्रमा समेत बजेट विनियोजन गर्न अनुरोध गरेको हो ।

महासंघका अध्यक्ष बालकुमार शर्माले सबै पालिकाहरुलाई विषयगत रुपमा सञ्चार क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्न अनुरोध गरेर पत्राचार गरिएको जानकारी दिए ।

जाजरकोटका पत्रकारको पेशागत सुरक्षा र सञ्चार माध्यमको नियमित प्रकाशन र प्रसारणका लागि पत्रकार महासंघ महासंघ जाजरकोटले जाजरकोटका स्थानीय तहहरु संग सहयोग र सहकार्य गर्ने क्रममा आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण तयारी रहेका स्थानीय तहहरुलाई जिल्लाका सञ्चारकर्मीहरुको व्यवसायिक हित सञ्चार माध्यमको दिगोपनाका लागि स्थानीय स्तरमा पत्रकारको क्षमता विकास, पत्रकारिता तर्फ आर्कषण मिडिया,विकास, फेलोसिप प्रदान लगायतका क्षेत्रमा बजेट विनियोजनको व्यवस्था मिलाई दिन अनुरोध गरिएको अध्यक्ष शर्माले बताए ।

महासंघले पत्रकारिता पुरुस्कार, पत्रकार कल्याण कोष स्थापना तथा सञ्चालन, नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको कार्यालय व्यवस्थापन, जिल्लाका पत्रकारहरुको समग्र क्षमता विकासको क्षेत्रमा बजेट छुट्यादिन अनुरोध गरेको हो ।
त्यसै गरी पत्रकारहरुको क्षमता विकासका लागि विषयगत तालिम सुचना तथा प्रविधी,अनलाईन, शिक्षा, स्वास्थ्य, खेलकुद, सहकारी कृषि तथा पशु द्धन्द र शान्ति, विकास, पत्रकारहरुलाई लेखनवृति, आमसञ्चार माध्यम, पत्रपत्रिका,रेडियो, अनलाईनलाई लोककल्याणकारी विज्ञापन, स्थानीय सरकार र पत्रकारहरु विच नियमित तथा समसामयिक अन्तरक्रिया, संवाद,छलफल जस्ता कार्यक्रमको निरन्तरताको लागि अनुरोध गरिएको हो ।

जिल्लाका सबै पालिकाको नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उपदफा २ को १ बमोजिम सञ्चार ऐन बनाउने कार्यमा पनि पत्रकार महासंघको विज्ञतालाई प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।
जाजरकोटका स्थानीय तहहरुले संञ्चार ऐन, कार्यविधी बनाएका छैनन् जसमा विज्ञापन नीति पनि छैन जसले गर्दा जिल्लामा व्यवस्थित विज्ञापन पाउन नसकेको सञ्चारगृहहरुले गुनासो गर्ने गरेका छन् यि कुराहरु स्थानीय सरकारले व्यवस्थापन गर्न सके जिल्लाको पत्रकारीताको विकासमा केही अहम भुमिका खेल्न सक्ने यस क्षेत्रका जानकारहरुको अपेक्षा छ ।

No description available.

तपाईको प्रतिक्रिया