कुशेमा शुरु भयो किसान सूचीकरण अभियान

No description available.खलंगा, ९ असार । जिल्लाको कुशे गाउँपालिकाले किसान सूचीकरणको प्रविष्टकर्ता छनोट गरी असार १ गते देखी नै किसानलाई सूचीकरणको लागि प्रत्येक किसानको घर दैलोमा पठाएको छ ।

कुशे गाउँपालिकाले छरिएर रहेका र पहिचान नपाएको किसान पहिचान दिलाई अबको कार्यक्रममा सबै किसानको पहुँच पुर्याउने तथा किसानले गरेको कृषि कर्म अनुसारको कार्यक्रम तथा योजना निर्माण गर्नको लागि यो अभियान शुभारम्व गरेको कुशे गाउँपालिका कृषि बिकास शाखाका कृषि प्राबिधिक धिरेन्द्र बस्नेतले जानकारी दिए ।

शाखाले पालिका भरिरहेका ४ हजार किसानलाई डिजिटल सूचीकरण प्रणालीमा सूचीकरण गरिने बस्नेतले बताए ।

यसमा कृषि कार्य गर्ने मात्र यसमा समाबेश गरिने हुदाँ यसले वास्तविक किसानको पहिचान हुने, यसले गैर किसानलाई निरुत्साहित गर्ने र अबको कार्यक्रममा किसानले मात्र सहभागी हुने पाउने भएका छन् ।

किसान सूचीकरण गर्दा किसानको पारिवारिक विवरण , ठेगाना , बाली लगाएको क्षेत्रफल , लगाएको बाली , उत्पादन , सिंचाइको अवस्था , पशुपालन , आयआर्जन, नागरिकताको प्रतिलिपी, किसानको फोटो समेत राखि किसान सूचीकरण गरिन्छ ।

किसान सूचीकरण गरिसकेपछि किसानले ८ अंकको पहिचान नम्बर सहित किसान परिचय पत्र प्राप्त गर्ने छन् । जहाँबाट पनि किसानको बारेमा सफ्टवेयर बाट किसानको जानकारी लिन सकिने बस्नेतको भनाई छ ।

तपाईको प्रतिक्रिया