
खलंगा, ९ असार । जिल्लाको भेरी नगरपालिका भित्रका स्वास्थ्यकर्मी र कोरोना संक्रमितलाई मनोपरामर्श सम्बन्धी प्रशिक्षण दिईएको छ ।
अस्पताल तथा होम आईसोलेशनमा पुगि सि.एम.सी. नेपालद्धारा कोरोना संक्रमित १४ जना व्यक्ति र संक्रमित संग प्रत्यक्ष संग्लन २१ जना स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिईएको भेरी नगरपालिकामा कार्यरत मानसिक स्वास्थ्य सामाजिक कार्यकर्ता प्रविन विकले जानकारी दिए ।
कोरोना संक्रमित व्यक्तिहरु र आईसोलेशनमा खटिएका स्वास्थ्यकर्मीहरु मनोपरामर्श तथा आत्मावल बढाउनको लागि विपत तथा विपत जन्य घटना पश्चात मानिसमा देखा पर्ने तनाव तथा मानसिक समस्यालाई व्यस्थापन गर्नका लागि प्रशिक्षण प्रदान गरिएको विकले बताए ।

विपत पश्चात हाम्रो भावना, सोचाई, स्पर्शमा फरक सोचाई आउने भएकोले यस बाट हुन सक्ने असरलाई समाधान गर्नका लागि मनोपरामर्शको आवश्यकता पर्ने कार्यकर्ता विकको भनाई छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द (सी.एम.सी) नेपालको मनो परामर्शकर्ता तथा मनोविद एभन श्रेष्ठ, मनोपरामर्श कर्ता कालीबहादुर वि.क. र स्थानिय मानसिक स्वास्थ्य कार्यकर्ता प्रविन वि.क.ले नगरभित्रका स्वास्थ्यकर्मी र संक्रमितहरुलाई सेवा प्रदान गरेका थिए ।
धेरै डर, त्रास, तनाव भएमा र आत्माहत्याको सोचाईहरु आएमा सी. एम.सी नेपालको पैसा नलाग्ने टोल फ्रि नम्वर १६६०८३५२०१५ मा फोन गरेर मनोपरामर्श सेवा लिन आग्रह गरिएको छ । यस्तै, भेरी नगरपालिका मानसिक स्वास्थ्य सामाजिक कार्यकर्ता प्रविन विकलाई ९८६७५९७३२५ मा सम्पर्क गर्न सकिनेछ ।
















































। ९ असार २०७८, बुधबार