जेठ ३१ गते सम्म लम्वियो जाजरकोटको निषेधाज्ञा, के गर्न हुने, के नहुने ? (हेर्नुहोस सुचना)

No photo description available.

खलंगा २१ जेठ । जाजरकोटमा जारी निषेधाज्ञा जेठ ३१ गते सम्म थप्ने निर्णय गरिएको छ । शुक्रवार जिल्ला कोभिड संकट व्यवस्थापन समितीका अध्यक्ष प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाको अध्यक्षतामा बसेकोे वैठकले जारी निषेधाज्ञा जेठ ३१ गते सम्म थप्ने निर्णय गरेको हो ।

सरकारी निकायका प्रमुख तथा सरोकारवाला निकायको शुक्रबार बसेको बैठकपछि जेठ २२ गते राती १२ बजे देखि जेठ ३१ गते राती १२ बजे सम्मका लागि थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

के गर्न हुने ?
विवाह, व्रतबन्ध, मृत्युसंस्कारमा बढिमा १० जना सम्म स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर मात्र ।

आवश्यक सेवाहरु जस्तै, एम्वुलेन्स, दमकल, शव वहान, झण्डावाला सरकारी गाडी, र निलो (कुटनीतिक) प्लेटका सवारी साधन, खानेपानी, स्वास्थ्य खाद्यान्न, तरकारी, फलफुल, दुध तथा दुद्यजन्य पदार्थ, भेटनेरी सेवा, कृषि जन्य सेवा, वैकको एटिएम सेवा, न्युनतम जनशक्ति बढिमा २५ प्रतिशत र विहान १० बजेदेखि दिउँसो १ बजे सम्म खोल्न पाईने ।

दुर सञ्चार, इन्टरनेट सेवाप्रदायक क्वारेन्टिन, आईसोलेसन, सञ्चालन गर्ने होटेल, फोहोर मैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी सञ्चालन गर्ने ।
सरकारी कार्यालय लगायतका सार्वजनिक सेवाप्रदायक संस्था न्युनतम एक चौथाई परिचालन गरी स्वास्थ्य मापदण्ड पालना गरी मात्र सञ्चालन गर्ने र निजीले प्रयोग गर्ने सवारी साधन विहान ९ बजेदेखि १० ः ३० बजे सम्म कार्यालय जान र वेलुका ५ बजे देखि ५ ः ३० सम्म फर्कन सञ्चालन गर्न दिने ।
काममा ज्याँदा र फर्किदा कर्मचारीलाई तोकिएको पोशाक र परिचय पत्र अनिवार्य लगाएको हुनुपर्ने ।

पत्रकार तथा सञ्चारकर्मीलाई सुचना विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गर्ने, सुचना विभागको प्रेस पास नभएको सञ्चारकर्मी कर्मचारीको हकमा सम्बन्धीत सञ्चार गृहहरुले न्युनतम कर्मचारीहरु मात्र खटाउने र सोको जानकारी जिल्ला प्रशासन कार्यालयमा जाजरकोटमा उलब्ध गराउने ।

सार्वजनिक विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति, आयोजना स्थलमै क्याम्प राखी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने, साथै निर्माण सामग्री ढुवानीका साधनहरु एक जना चालक र एक सहयोगी राखी सञ्चालन गर्ने , औषधी तरकारी दुद्यजन्य पसल, खाद्यान्न व्यवसाय विहान ६ बजे देखि ९ बजे सम्म मात्र सञ्चालन गर्ने ।

विदेश तथा अन्य जिल्लाहरु बाट यस जिल्लामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आईसोलेसन बस्नुपर्ने

गर्न नुहने कार्यहरु
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम सेमिनार, पार्टी ,प्लालेस , सर्पिङ्ग महल,

मनोरञ्जन स्थल सैलुङ्ग, व्युटिपार्लर, जिमखाना, समुहमा खेलिने खेलकुद, पुुस्तकालय, संग्रहालय आदी सञ्चालनमा रोक लगाउने,

सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा मिती २०७८ साल जेठ २२ गते राती १२ बजे देखि जेठ ३१ गते राती १२ बजे सम्म पुर्ण रुपमा रोक लगाउने
अति आवश्यक सामग्री बोकेका ढुवानीका सवारी साधनमा चालक सहित दुई जना र विरामी तथा कुरुवा बोकेका एम्वुलेन्स चालक सहित बढिमा तीन जना भन्दा बढिले मात्र गर्न रोक लगाउने ।

No photo description available.

तपाईको प्रतिक्रिया