जेठ २१ : कागजमा मुक्ति लेखिएको दिन !

आज जेष्ठ २१ अर्थात विभिन्न आन्दोलन पश्चात हिजोको पुरानो संरचनालाई भत्काएर नयाँ व्यवस्था अन्तर्गत नेपालमा वसोबास गर्ने करिब ६५ लाख दलित समुदायले भोग्दै आएको जातिय विभेद र छुवाछुत आजकै दिन जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरी कागजमा मात्र सिमित गरिएको दिन हो । हामीले यो दिनको अवसरमा भन्दै किन शुभकामना आदान प्रदान गर्नुपर्ने हो ? जस्तै फागुन ७ गते प्रजातन्त्र दिवस भन्ने गरिन्छ ।

वास्तबिक प्रजातन्त्र त केहि पहुँच भएका पैसा भएकालाई वि.सं.२०४६ साल यता आयो । अनि फागुन ७ गतेलाई किन मान्नु पर्ने ? त्यस्तै हामी अहिले पनि जातिय विभेद र छुवाछुतको मार अहिलेपनि खेपिरहेका छौ । हाम्रा हजारौ मानिसहरु मारिएका छन्,कुटिएका छन् । जातिय बिभेद व्यापक छ भने यो जेठ २१ गतेलाई किन छुवाछुत मुक्त दिवस भन्नुपर्ने ? कागजमा मात्र लेखेर कुनै दिवस मनाएर हामी छुवाछुत मुक्त भएका त छैनौ नि ? त्यसैले हामीले यो दिवस मान्नुको कुनै औचित्य छैन् ।

हो हामिलाई भ्रम पारेर रोटि सेक्ने हरुलाई राम्रै छ । हामिले बुझ्नु पर्छ के कारणले गर्दा यति धेरै आन्दोलन अनि सबै भन्दा पाको अर्थात ७५ बर्ष सम्म संघर्ष गर्दा पनि छुवाछुत कायमै छ ? कुरा स्पष्ट छ हामि जुन दिन राजनैतिक पार्टीका झोला उनीहरुलाई बुझाई स्वतन्त्र रुपमा आन्दोलित हुदैनौं तबसम्म हाम्रो मुक्ति हुने वाला छैन् । म किन यसो भन्दै छु भने तपाई हामिलाई कुनै पनि राजनैतिक पार्टीको सदस्यता लिदाँ त्यहाँ भनिएको हुन्छ कि संगठनको निति सिद्धान्तलाई आत्मसाथ गर्दै यो सदस्यता लिन्छु भनिएको हुन्छ ।

अब भन्नुस कि उनीहरुको निति हाम्रा बिरुद्ध छन् । त्यसैले हाम्रो समुदाय कुटिदा मारिदा उनीहरु चुप लागेर बस्छन् । जुन हामीले अजित मिजार मारिदा , मना सार्कि मारिदा, बिजय राम र निरंजन राम मारिदा र अति ठुलो जघन्य अपराध रुकुम पश्चिममा हुदाँ कुन राजनैतिक पार्टीका कार्यकर्ता नेता हामी संग मैदानमा आए ? अह कोहि पनि आएनन् । किन आएनन भन्दा उनीहरु हामि दलित समुदाय प्रति उदासिन छन् । हाम्रो मुद्धा अर्थात छुवाछुतप्रति कुनै चासो छैन् ।

जुन जसले छुवाछुत कतै न कतै उ पार्टी संग जोडिएको छ । सके नाता पाता पनि पर्न सक्छन् । जुन ठुलो कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मा र किशोर नेपाल पत्रकारले रुकुम पश्चिमको घटनामा देखाई सकेका छन् । अझ पनि हामिले न बुझि बस्ने त ? राजनैतिक पार्र्टीले हामीबाट मात्र भोट कसरी लिने ? भनेर सोचेका छन् । जस्तै अहिले के.पि.ओलिको अल्पमतको सरकारले भत्ता बढाइ दियो । अब हाम्रा बुढा आमा बाबुले भत्ता पाउने भए ।

दलित समुदायका आमा बाबाले पनि भत्ता पाउनु हुनेछ । अब उहाँहरुको मनमा केपि सरकारले भत्ता बढाई दियो भन्दै आफ्नो अमुल्य भोट दिनु हुने छ । तर के.पि.ओलिले जातिय बिभेद र छुवाछुत हुदा किन बोल्दैनन?भनेर बुझ्ने प्रयास गर्नु हुन्न् । मैले के.पि.ओलि को मात्र कुरा गर्न खोजेको होइन न शेरबहादुर देउवाले गर्लान न राम चन्द्र पौडेलले गर्लान् ।

न कमल थापाले गर्लान् । न माधव नेपाल ,झलनाथ खनालले गर्लान् । न बिप्लव ,मोहन बैद्ध्य र आहुतिले गर्लान् । उनीहरुले किन यसो गर्दैनन् भन्दा भोलि उनिहरुलाई भोट चाहिन्छ । बहुदलिय व्यबस्थामा भोट नै लुट्ने माध्यम हो । अर्को कुरा बहुदलिय व्यबस्थामा हामी दलित समुदायले के पायौ ? हामि जतिसुकै धनि लिभिंग स्टायण्डर उच्च भए पनि आखिर घरबाट बाहिर आउँदा त्यही जातिय बिभेदबाट अपमानित हुनुपर्छ भने यो व्यबस्थाका लागि लडेर हामिले के पायौ ? अन्यथा अर्थ नलागोस् यो व्यबस्था नै परिवर्तन गरेर हामी हरुको जातिय विभेद अन्त्य हुन्छ भने हामी त्यो बाटोमा जानुपर्छ । हामी कसैको मोज मस्तिका लागि बलिको बोका हुनुहुदैन् ।

देखियो नि गणतंत्र पनि सत्ताका लागि जे पनि गरिरहेका छन् । देख्नु भएकै छ संबिधान एका तिर छ अनि राष्ट्रपति र प्रधानमन्त्री एकातिर छन् । अलिकति फरक प्रसंग जोड्न खोजे माफ गर्नुहोला । धारा ७६ को ३ अनुसार सरकार बनेमा ३० दिन भित्रमा संसदमा आफ्नो बहुमत सिद्ध गर्न पर्छकि पर्दैन ? पर्छ । अनि त्यो नहुँदै किन धारा ७६ को ५ अनुसार सरकार बनाउन बोलाइयो । उपधारा ५ अनुसार सरकार बन्ने अवस्था हुदा हुदै किन उपधारा ७ अनुसार प्रतिनिधि सभा भंग गराइयो । मैले यो उदाहरण मात्र दिएको हो । संविधान मिचेर यस्तो गर्न मिल्छ् कि मिल्दैन ? यो सबै सत्ताको लुछाचुडि मात्र हो । हामीहरु उनीहरु यस्तै गर्लान भनेर हामि लडेका होइनौ ।

केपी ओलि लगायत अरुलाई पनि यस्तै गरेर सत्ता मोज गर हामि अपमानित भएर बसौला वा हाम्रो समुदायका केहि थानलाई मन्त्री बनाउ भनेर हामीले भनेका त होइनौं । हाम्रो समुदायका ए.बि.सि. कोहि सांसद र मन्त्री त भए नि खोइत छुवाछुत अन्त्य भएको ? हामी त सम्मानित जिवनयापन गर्नका लागि लडेका हौं । छुवाछुतबाट मुक्ति पाइन्छ भनेर लडेका हौं । त्यसैले अब नयाँ बिचारका साथ अगाडि बढांै । अर्को कुरा यो ब्यबस्था नै परिवर्तन गरेर वा संसदिय व्यवस्था नै खारेज गरेर हाम्रो जातिय बिभेद अन्त्य हुन्छ भन्ने विश्वासिलो आधार तयार हुन्छ भने हामी त्यो बाटो पनि जान सक्नुपर्छ ।

हामी यो बिषयमा पनि सोचौ । भरसक हामीले छुवाछुतको मुद्धालाई साझा मुद्धा बनाउन खोज्दै छौ । यो देश विकासको बाधक छ । मैले देखेको छु । बडो चर्का कुरा गरेर शसस्त्र युद्ध गरौं भनेको पनि सुनिरहेका छौ। काटेर मारेर समस्याको हल हुदैन् । मार्न जान्छु भन्नेले मलाई पनि मार्छन भन्ने कुरा हेक्का राख्दा राम्रो हुन्छ । त्यसैले भौतिकवाद र अध्यात्मकवादको मिश्रणबाट नयाँ बिचार निकालि संसारलाई परिवर्तन गर्नुपर्छ । अमन चयन हुनेछ ।

त्यसैले हामि पर्यासरत छाै। हामी जुन दिन छुवाछुत मुक्त समाज निर्माण गर्ने छौ । त्यही दिन जातिय छुवाछुत मुक्त घोषणा गर्ने छौ । याे कागजको मुक्ति हामिलाई आबश्यक छैन् । बरु आज बाट नै संकल्प गराै । पूर्वीय दर्शनलाई संसार भरि फैलाउनु छ । अमन चयन पक्कै पनि हुनेछ ।

तपाईको प्रतिक्रिया