काेराेनाका विरुद्धकाेे दोस्रो डोज खोप लगाउन कर्णाली अझै ८६ हजार बाँकी


सुर्खेत, ८ जेठ । कर्णाली प्रदेशभर कोरोनानिरुद्धको पहिलो डोज करिब एक लाख आठ हजार चारसय ८६ जनाले लगाएका थिए। तीमध्ये ८६ हजार भन्दा बढी कर्णालीका नागरिकले कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्डको दोस्रो डोज लगाउन पाएका छैनन्।

उनीहरुलाई कोरोनाको दोस्रो लहर तीव्र हुँदै जाँदा उक्त खोप लगाउनबाट वञ्चित भएका स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार हालसम्म कर्णाली प्रदेशमा पहिलो चरणको खोप लगाएका मध्ये २१ हजार सातसय ४२ जनाले मात्रै दोस्रो चरणको खोप पाएको बताएको छ ।

निर्देशनालयका सूचना अधिकारी नोधनारायण चौधरीका अनुसार २६ हजार नौसय ९० जनालाई पहिलो र दोस्रो डोज कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखिएकोमा ८० प्रतिशतले खोप लगाएको बताए ।

उनले भने, ‘पहिलो चरणको खोप लगाएकालाई दोस्रो चरणको लगाउने हो, ‘केही जिल्लाबाट दोस्रो चरणको खोप लगाएकाको तथ्यांक आउन बाँकी रहेकाले यो संख्या बढ्छ ।’

कर्णालीमा गत वर्ष माघ १४ देखि २४ गतेसम्म चलेको खोप अभियामा अग्रपंक्तिमा खटिएर काम गर्ने नौ हजार चारसय ८४ जनाले खोप लगाएको निर्देशनालयका सूचना अधिकारी चौधरीले बताए । पहिलो चरणमा कर्णालीका ११ हजार सातसय ८० जनालाई पुग्ने खोप आएको थियो ।

यस्तै, फागुन २ देखि १० गतेसम्म पहिलो चरणमा छुटेका तथा दोस्रो प्राथमिकतामा रहेका गरी १७ हजार पाँचसय ६ जनाले खोप लगाएका चौधरीको भनाइ रहेको छ ।

गत फागुन २३ देखि चैत २ गतेसम्म कर्णालीमा ६५ वर्षभन्दा माथिका ८१ हजार ४ सय ९६ जना ज्येष्ठ नागरिकले पहिलो चरणको खोप लगाएका छन् । हाल उनीहरूले पहिलो डोज लगाएका धेरैजसो ज्येष्ठ नागरिकले दोस्रो डोज पाएका छैनन् । र पहिलो चरणको खोप लगाएकामध्ये २० प्रतिशतले मात्रै दोस्रो डोज लगाएका छन् । कोभिसिल्ड खोपको पहिलो डोज लगाएको ४ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्छ ।

तपाईको प्रतिक्रिया