मुगुमा यार्सा संकलनमा रोक

mugu
मुगु जिल्लामा यस वर्ष पनि यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । कोभिड १९ को दोश्रो लहर तीव्र रुपमा फैलिरहेका कारण मुगम कार्मारोङ्ग गाउँपालिका कार्यपालिकाको जेठ २ गते बसेको बैठकले यस वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णय गरेको हो । कर्णाली प्रदेशका हिमाली जिल्लामा पाईने बहुमुल्य जडिवुटी यहाँको प्रमुख आयस्रोत बनेको थियो ।

जिल्लामा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनले झनै ठुलो बिपत्तील्याउन सक्ने जोखिमभएकोले रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले जानकारी दिनुभयो ।

गाउँपालिकाको निर्णय अनुसार सानो कोईकी, ठूलो कोईकी, हाङदाङ खोला, छापाखोला, डोल्फु पाटन, रिमाट लगाएत दर्जनौ पाटनमा पाईने र्यासागुम्बा संकलनको लागी यो यर्ष रोक लगाईएको गाँउपालिकाका अध्यक्ष छिरिङ्ख क्याप्ने लामाले बताउनुभयो ।

बिगतका बर्षहरुमा बहुमुल्य जडिबुटी यार्सागुम्वा संकलनको लागी बालबालिका, युवायुवती, बिद्यार्थिहरु समेत पाटन क्षेत्रमा जार्ने गरेका थिएभने यार्सागुम्बा बाट मात्र लाखौ रुपैयाँको गाउँपालिकाले राजश्व संकलन गर्ने गरेको थियो ।

तपाईको प्रतिक्रिया