चीनको प्रयोगशालाबाटै कोरोनाभाइरसको उत्पतीभएको अमेरिकाको दाबी

File:Flag-map of the People's Republic of China.svg
अमेरिकाले चीनको प्रयोगशाला बाटै कोरोना भाइरसको उत्पती भएको दाबी गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको भाइरसको उत्पति बारै अझै एकिन तथ्य फेला नपरेको अवस्थामा बिभिन्न व्यक्तिहरुले आ आफ्नै किसिमका दाबी गर्दै आएका छन् ।

अमेरिकी स्वास्थ्य अधिकारी डा रोशेल वालेन्स्कीले वुहान स्थित सङ्क्रामक रोग सम्बन्धी अध्ययन गर्ने संस्थामै कोरोना भाइरसको उत्पति भएको र त्यहीबाट चुहावट भइ यो भाइरस फैलिएको हुनसक्ने दाबी गर्नुभएको हो ।

अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन सीडीसी कानिर्देशक समेत रहनुभएका डा वालेन्स्कीले चीनको प्रयोगशालामा कोरोनाभाइरस उत्पत्ति भएको हुन सक्ने सम्भावना भएको बताउन ुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।

सङ्क्रमणले विश्व आक्रान्त भइरहँदा यो कसरी फैलियो भन्ने विषय रहस्यकै गर्भमा छ । यस विषयमा कसैले प्राकृतिक रुपमा भाइरसको विकास भएको दाबी गरेका छन्भने केहीले चीनको प्रयोगशालामा कोरोना भाइरसको विकास गरिएको र त्यहीबाट चुहिएर फैलिएको हुनसक्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया