कविता : खबरदार नेता ज्यू

सिमाना मिचिएको तिमीलाई थाहा छैन नेता ज्यु
तिमी आफ्नो कुर्सीको लागि लडाईँ गरिरहन्छौँ
कालापानी लिपुलेख लिपियाधुरा मिचिएको तिमीलाई चिन्ता छैन
कसरी कुर्सी बचाउने भनी जोड घटाउ गरिरहेका छौं ।

सगरमाथा र गौतम वुद्ध भारतले हाम्रो भनेको तिमीलाई चिन्ता छैन
बरु कुर्सी बचाउन भारतको गुलामी गरिरहन्छौँ
आफ्नो सीमाना दिन दाहाडै मिचिएको तिमीलाई पत्तै छैन
भारतको गुलामी गर्न नेता ज्यू हरपल लागि रहन्छौँ ।
नेपालमा जन्मिएर नेपाल आमाको खिल्ली गर्न तिमीलाई लाज लाग्दैनन् ।

नेपाल देश कुनै राष्ट्रको उपनिवेश हैन्
यो त एक सार्वभौम राज्य हो
तर यहाँ किन भारतको ज्याज्ती छ
सत्ता ढाल्न भारत चाहिने, सत्ता बनाउन भारत चाहिने
के नेता ज्यू तिमी संग आत्मानिर्भरको अधिकार छैन ।

हामी भिकारी र चौकिदार होइनौं नेता ज्यू
हामी एक स्वाभिमानी नेपाली हौं ।
नेपाल आमाको छोराछोरी हौँ
हामी स्वाभिमानी नेपाली हौं
हामी विर गोरखाली हौं ।

हामीलाई हाम्रो माटो प्यारो लाग्छ
हाम्रै भाषा अनि भेष अनि संस्कृति चाहिन्छ
सगरमाथाको हाम्रो देश यहाँ
विस्तारवादीहरुले मिच्न कहाँ पाईन्छ ।
लिपुलेख, लिपियाधुरा, कालापानी मात्र हैन
अव हामीलाई पूर्वको टिस्टा र काँगडा पनि चाहिन्छ ।

नेपाललाई माया गर्छाै भने नेता ज्यू
कुर्सी होइन् १९५० को सुगौली संन्धी खारेज गर्नुपर्छ
मिचिएका नेपालका सिमाहरु फिर्ता गराउनुपर्छ ।
भारतको चाकडी होइन तिमीले
नेपाली जनताको इच्छा पुरा गर्नुपर्छ ।
कुर्सी बचाउने खेल खेल्ने होइन्
तिमीले देश रक्षा अनि इतिहास रच्नुपर्छ ।

गद्धार र सौदावाजी गर्ने नेता होइन्
इमान्दार र आत्मविश्वासी बन्नुपर्छ
देशलाई टुक्र्याउने र परजिवी बन्न सिकाउने होइन नेता ज्यू
परिश्रमी र इमान्दारी बन्न सिकाउनुपर्छ ।

कुर्सीको लागि लडाई लड्न होइन नेता ज्यू
देशमा रोजगारीको अवसर सिर्जना गर्नुपर्छ
देशको श्रमशक्ति विदेशीलाई वेचेर
रेमिट्यान्समा रमाउने होइन नेता ज्यू

यूवा शक्तिलाई नेपालमा नै रोजगार दिनुपर्छ
कुर्सीको लागि लडाई लड्ने होइन नेता ज्यू
नेता बचाउन तिम्रो समय खर्चिनुपर्छ नेता ज्यू ।

तपाईको प्रतिक्रिया