
खलंगा, ५ जेठ । जाजरकोटमा हाल सम्म कोरोना बाट निको भई ३ सय ७० जना डिस्चार्ज भएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटको दैनिक कोरोना प्रतिवेदन रिपोर्टमा ३ सय ७० जना डिस्चार्ज भएको उल्लेख गरिएको छ ।
जिल्लाभर पी.सी.आर. र एन्टिजेन परिक्षण बाट ९ सय २० जना संक्रमित फेला परेका थिए । जसअन्तर्गत ३ सय ७० जना डिस्चार्ज भईसकेका छन् भने, ५ सय ४२ जना सक्रिय संक्रमित अस्पताल र होम आईसोलेसनमा उपचाररत छन् । पी.सी.आर. परिक्षण अन्र्तगत ६ हजार ७ सय ६ किट परिक्षण गरिएकोमा ४ सय ४७ जना संक्रमित भएका थिए ।
१ सय ११ जना निको भएर घर फर्किसकेका छन् भने ३ सय ३६ जना अस्पताल र होम आईसोलेसनमा उपचाररत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो २४ घण्टामा स्वाव संकलन गरिएको छैन् । २४ घण्टामा १ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै, एन्टिजेन परिक्षण अन्र्तगत १ हजार ५ सय २९ किट परिक्षण गरिएकोमा ४ सय ४७ जनामा कोरोना पुष्टी भएको थियो ।
जसअन्र्तगत २ सय ५९ निको भईसकेका छन् भने २ सय ६ जना सक्रिय संक्रमित होम आईसोलेसन र अस्पतालमा उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना पुष्टी भएको छ । बुधबार नै कोरोना बाट निको भई घर फर्कनेको संख्या २१ जना रहेको छ ।
२४ घण्टामा एक जनाको मृत्यु भएको प्रतिवेदनमा जनाईएको छ । कोरोना बाट जिल्लामा मर्नेको संख्या ३ पुगेको छ । दैनिक प्रतिवेदनमा कोभिड–१९ उपचारका लागि जिल्लामा रहेको एक अस्पतालमा १ सय २२ वटा आईसोलेसन वेड मध्ये
अक्सिजन सहितका ३३ वटा बेड र ८९ वटा साधारण आइशोलेसन बेड रहेको उल्लेख गरिएको छ । ३ वटा आईसीयु कक्ष रहेको अस्पतालमा १ वटा भेन्टिलेटर कक्षमा १ वटा एचडीयू बेड र ९० वटा अक्सिजन सिलिण्डर रहेको उल्लेख गरिएको छ ।

















































। ५ जेष्ठ २०७८, बुधबार