
मोहनसिंह वुढा
हुम्ला, २ जेठ । सर्केगाड गाउँपालिका छ मा मंगलबार १ जनामा कारोना भाईरस संक्रमण पुष्टी भएको छ । वडा छ मा १५ जनामा गरिएको एन्टीजेन्ट परिक्षणपछि सर्केगाड गाउँपालिका बराईका ५५ बर्षिया १ महिलामा कोरोना भाईरस पुष्टी भएको हो ।
५५ बर्षिया महिलामा पोजेटिभ देखिएपछि गाउँमा भाईरस बढ्न सक्ने भएकाले वडाध्यक्ष खड्क नन्द बुढाथोकीको अध्यक्षतामा वडा कार्यलयको आकस्मिक बैठक बसेको थियो । आपतकालिन बैठकको निर्णय अनुसार उक्त वडालाई ११ गते अर्थात एक हप्ता सम्मका लागी पुरै वडा नम्बर छ पुर्णरुपमा सिल गरी वडामा आवतजावत देखि वडामा हुने आपतकालीन बाहेकका अन्य सबै सेवा पुर्ण रुपमा बन्द गरिएको छ ।
वडा अध्यक्ष बुढाथोकीले सम्पुर्ण वडा बासीलाई सवास्थ्य सावधानीका सम्पुर्ण मनपदन्ड मास्क,सेनिटाईजर, दुरी कायम र बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धोएर बस्न समेत आग्रह गरेका छन् ।
वडाले एक हप्ता सम्म बन्दाबन्दी गर्ने निर्णयपछि स्थानीयहरुले गाउँमा कोरोनाको संक्रमण सजिलै घट्ने भएकोेले सकरात्मक रुपमा आफुहरुले वडाको निर्णयलाई स्वीकार मानेको बताएका छन् ।
















































। ४ जेष्ठ २०७८, मंगलवार