कोरोनाले जाजरकोटमा थप एक जनाको मृत्यु


खलंगा, ४ जेठ । जिल्लाको भेरी नगरपालिका ७ का ७८ वर्षीय पुरुषको जिल्ला अस्पतालमा उपचार गर्दागदै मृत्यु भएको छ । दिउँसो एक वजे अस्पताल ल्याएर उपचार कार्य थालिएकोमा ३ वजे मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

होम आइसोलेशनमा रहेका ति पुरुषलाई मंगलबार सिकिस्त भएपछि मात्र अस्पताल ल्याएको थियो । यो संगै जिल्लामा कोरोना बाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

तपाईको प्रतिक्रिया