दुई साता थप जाजरकाेटकाे निषेधाज्ञा, यो अवधिभर के खुल्ने के नखुल्ने ? (हेनुहोस सूचना सहित)


खलंगा, ३१ वैशाख । जाजरकोटमा जेठ १ गते देखि १५ गते सम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शुक्रबार बसेको वैठकले जेठ १५ गते सम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

जिल्लामा सर्वसाधारणको लापरवाहीका कारण कोरोना संक्रमणको अवस्था बढ्दै गएकाले यस अघि भन्दा यो निषेधाज्ञा कडाई गर्ने प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । व्यवस्थापन समितीले यस अघि जेठ १ गते रात्ती १२ बजे सम्म निषेधाज्ञा जारी गरेको थियो ।

जिल्लामा पछिल्लो नयाँ कोरोना भाइरसको जोखिम बढिरहेकोले जिल्लामा निषेधाज्ञालाई निरन्तता दिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी बाट जारी आदेश

No photo description available.

तपाईको प्रतिक्रिया