कर्णालीका मन्त्री नरेश र विमलाको राजीनामा, को बन्दैछन् मन्त्री ?

सुर्खेत, २९ वैशाख । लामो समयको आन्तरिक खिचातानीपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री नियुक्त गरेका छन्  । नवनियुक्त मन्त्रीहरूमा रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट रहेको मुख्यमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।

‘उहाँहरु दुवै जना नियुक्त भइसक्नु भएको छ । एक आर्थिक मामिला तथा योजना र अर्को आन्तरिक मामिला तथा कानून मन्त्री बन्नु हुनेछ ’ स्रोत भन्छ, ‘आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्रि परिषदको बैठकमा राजीनामा दिनु भएको छ ।’

मुख्यमन्त्री शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन् । प्रदेश प्रमुखको कार्यालयसँग आवश्यक सल्लाह पश्चात सपथग्रहणको कार्यक्रम तय हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया