बारेकोटमा फैलियो मौसमी रुघाखोकीे :  चिकित्सक भन्छन्, ‘कोरोनाको लक्षण मिल्छ’

कोरोना उच्च जोखिम, परिक्षण न्युन

राजेन्द्र विक्रम शाही
बारेकोट, २८ वैशाख । जिल्लाको बारेकोट गाउँपालिका भित्र मौसमी रुघाखोकीका विरामी बढेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा दैनिक १७/१८ जना सम्म मौसमी रुघाखोकीका विरामी आउने गरेको अस्पताल श्रोतले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्साका ईन्चार्ज रामबहादुर रोकायका अनुसार, टाउको दुख्ने, रुघाखोकी लाग्ने, छात्ती दुख्ने, लक्षणका विरामी आउने गरेका छन् । कोरोना लक्षणका विरामी आएपनि परिक्षणको दायरा कम हुदाँ कोरोना समुदाय स्तरमा फैलिएको उनको भनाई छ । कोरोनाको लक्षण संग मिले पनि गाउँपालिका भित्र परिक्षणको दायरा कम हदाँ निकै समस्या परेको चिकित्सकहरुको भनाई छ ।

अक्सिजन अभावमा कोरोना संक्रमित
बारेकोट गाउँपालिका भित्र नयाँ भेरियन्ट सहित फैलिएको दोस्रो कोरोनाको लहरमा मंगलबार सम्म १२ जना कोरोना संक्रमित रहेका छन् । यी मध्ये १० जनाको अवस्था समान्य रहेको छ भने २ जनालाई अक्सिजनको आवश्यकता परेको ईन्चार्ज रोकायले बताए । उनले भने, ‘उहाँहरुलाई अक्सिजनको आवश्यकता परेको छ, तर पालिकाले व्यवस्था नै गरेको छैन, गाउँपालिका भरी मौसमी रुघाखोकीका विरामी बढिरहेका छन् ।’ अक्सिजन अभावमा उहाँहरुले उपचार गराईरहनुभएको छ, पालिकाले अक्सिजनको व्यवस्था तत्काल गरोस्, रोकायले भने ।’

यता गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक वीरराज सिंहले, अक्सिजनको व्यवस्था यता नभएको, चार वटा बाटोको आउँदै गएको बताए । उनले भने, ‘गाउँपालिका भित्र मौसमी रुघाखोकी फैलिएको छ, दैनिक दर्जनौँ विरामी आउँछन्, सबै कोरोनाको लक्षण संग मिल्छ ।’ गाउँपालिका भित्र कोरोना समुदाय स्तरमा फैलिएको र नियन्त्रण बाहिर गएको सिंहले बताए । अत्यावश्यक काम बाहेक घर बाहिर नआउन समेत आग्रह गरिएको सिंहले बताए ।

बाहिर बाट गएका सरासर घर
भारत लगायतका अन्य जिल्ला बाट आएका नागरिक सरासर घर जाने गरेका छन् । कोरोनाको परिक्षण नगरेर घर ज्याँदा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको तरुण दल बारेकोट ४ का अध्यक्ष मोहन सिंहले जानकारी दिए । उनले भने, ‘बारेकोटमा बाहिरी देश तथा अन्य जिल्लाहरु बाट आउने नागरिकहरु सरासर गाउँ गएका छन्, यसले कोरोनाको जोखिम बढाएको छ ।’ गत बर्ष पालिकाकाले कोरोना विरुद्ध धेरै काम गरेपनि यसबर्ष लाप्रवाही गरेको आरोप समेत लगाए ।

‘बाहिर बाट गएका नागरिकलाई न कोरोना परिक्षण गरिन्छ, न कडाई गरिन्छ, यसले यहाँको नागरिकको स्वास्थ्यमा स्थानीय सरकारले खेलवाडा गरिरहेको छ’ उनले भने । गाउँपालिका भित्र कतै पनि हेल्प डेस्क, क्वारेन्टाईन र आईसोलेसन निर्माण गरिएको छैन् ।

तपाईको प्रतिक्रिया