बजारमा हुने कालोबजारीमा ध्यान दिन प्रशासनलाई आग्रह

                                                        फाईल तस्विर

खलंगा, २१ वैशाख । कोरोना संक्रमणको जोखिम रोक्न भन्दै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका वेला स्थानीय बजारहरुमा कालोबजारी बढेको भन्दै सो नियन्त्रणका लागि स्थानीय मानव अधिकार रक्षक सञ्जालले स्थानीय प्रशासन संग आग्रह गरेको छ । निषेधाज्ञाका वेला अनावश्यक रुपमा चर्काे मुल्य वृद्धि गर्ने,कृत्रिम अभाव देखाउने तथा कालोबजारी गर्ने काम बढ्न थालेको भन्दै उक्त संस्थाले यस तर्फ सरोकारवाला निकायको सार्वजनिक अपिल मार्फत ध्यानाकर्षण गराएको हो ।

सञ्चारमाध्यम मार्फत सार्वजनिक अपिल गर्दै उक्त संस्थाले धमिलो पानीमा माछा मार्ने मौकामा चौका हान्नेहरुको समाजमा कमी नभएको तर्फ सचेत रहन आग्रह गर्दै कोभिड १९ महामारीका कारण जाजरकोटमा जारी भएको निषेधाज्ञाको समयमा कालोबजारीको प्रयास सुरु भएकोले यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।

कोरोना संक्रमणको जोखिम बढिरहेको त्रासदीपुर्ण समयमा उपभोक्ता ठग्न नछोड्ने अपराधीलाई कडा कारबाही गर्नुपर्ने संस्थाले जनाएको छ । कालोबजारीका नाममा सर्वसाधारणलाई ठग्नेहरुलाई समयमै कारबाही नगरे धेरै विपन्न जनता पीडित हुने नागरिक समाजका अगुवा राजृेन्द्र विक्रम शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया