प्रहरीको सर्प्राइज ट्राफिक चेकिङ, एसपी राना आफै निस्के सडकमा (फोटोफिचर सहित)

प्रहरीको सर्प्राइज ट्राफिक चेकिङ, एसपी राना आफै निस्के सडकमा (फोटोफिचर सहित)

प्रहरीको सर्प्राइज ट्राफिक चेकिङ, एसपी राना आफै निस्के सडकमा (फोटोफिचर सहित)
जिल्ला प्रहरी कार्यालय बाँके र ट्राफिक प्रहरीले संयुक्त रुपमा बुधबार बिहान नेपालगन्जमा सर्प्राइज (आकस्मिक) ट्राफिक चेकिङ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना ट्राफिक चेकजाँचका क्रममा एकाबिहानै आफै सडकमा देखिए । उनले चोरीका, मोडिफाई गरिएका, कागजपत्र (ब्लु बुक/लाइसेन्स) नभएका तथा ट्राफिक नियम बिपरित गुडेका सवारी साधनलाई कारबाही गर्नका लागि प्रहरीले सर्प्राइज चेकिङ गरिएको बताए । साथै सडक दुर्घटना न्यूनीकरण गर्नकालागि पनि यस्तो चेकिङ गरिएको उनले थपे ।

नेपालगन्ज-कोहलपुर सडक खण्ड अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८, कारकादोमा प्रहरीले बिहानै ८ बजेदेखि सवारी साधन चेकजाँच गरिरहेको छ ।

चेकजाँचमा बाँके प्रहरी प्रमुख रानासहित प्रहरी निरीक्षक सुरज खत्री ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक भरत पौडेल लगायत खटिएका थिए ।

तपाईको प्रतिक्रिया