
जाजरकोट ६ वैशाख । जिल्लामा लामो समयसम्म भाडामा संचालन गर्न दिएको एम्बुलेन्सलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोट आफैले संचालन गरेको छ ।
मानव सेवाका क्षेत्रमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटीले जिल्लामा बिरामीहरु ओसार पसार गर्न एम्बुलेन्सको अभाव भईरहेको वेला संचालनमा ल्याएको हो । भाडादर निर्धारण गरेर एम्बुलेन्स संचालनमा ल्याएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोटका सभापति हरि बहादुर बस्नेतले जानकारी दिए ।
सभापति बस्नेतले दिएको जानकारी अनुसार खलंगादेखि नेपालगञ्जको लागि १० हजार, खलंगादेखि सुर्खेतको लागि ७ हजार ५ सय, खलंगादेखि पाँचकाटियाको लागि ६ हजार, खलंगादेखि थलहको लागि ७ हजार, खलंगादेखि दल्लीका लागि ६ हजार, खलंगादेखि स्याउली बजारका लागि ४ हजार, खलंगादेखि बाहुनथानका लागि २ हजार, खलंगादेखि स्याला, कालेगाउँको माथिल्लो भाग र
बजार क्षेत्रका लागि ५ सय, खलंगादेखि कालेगाउँ, स्यालाको तल्लो भाग, रावतगाउँ, बोहरा, रिसाङका लागि एक हजार, खलंगादेखि कार्कीगाउँका लागि ६ हजार, खलंगादेखि रिम्नाका लागि २ हजार ५ सय, खलंगादेखि पिपेका लागि २ हजार, खलंगादेखि मटेलाका लागि एक हजार ५ सय, खलंगादेखि
कुदुका लागि २ हजार, खलंगादेखि काफलचौर, जगतिपुर, भेरेका लागि ४ हजार, खलंगादेखि नारायण घाटका लागि २२ हजार र खलंगादेखि काठमाडौंका लागि ३० हजार मुल्य निर्धारण गरिएको छ । उक्त एम्बुन्सलाई चौबिसै घण्टा संचालनमा ल्याउन सकिने जानकारी दिदै सभापति बस्नेतले एम्बुलेन्स चालक बीरबहादुर बलेलीका दुई वटा ९८४२३०७४३५, ९८१६५२५१८५ मोबाईल नम्बर सार्वजनिक गरिएको छ ।
















































। ६ बैशाख २०७८, सोमबार