
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन समिकरणको प्रयास तिव्र भएको छ । केन्द्र देखि प्रदेशसम्म प्याकेजमा सहमति बनाएर अगाडि बढ्न दलहरुले प्रयास तिव्र पारेका हुन् ।
विश्वस्त स्रोतका अनुसार प्रदेशहरुमा मुख्यमन्त्री फेरबदल देखि केन्द्रमा मन्त्री र उपसभामुखसम्ममा प्याकेजमा सहमतिको कुरा अगाडि बढेको हो । ओलीनिकट मुख्यमन्त्रीहरुलाई हटाएर समिकरणभित्रका दलहरुले आफू निकटस्थलाई बनाउने तयारी थालेका छन् ।
गण्डकी प्रदेशमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीका लागि अगाडि बढेका छन् । उनलाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ । काँग्रेसले गण्डकीमा मुख्यमन्त्री पाउने गरी प्रदेशमा सत्ता समिकरण बन्नुलाई केन्द्रमा पनि बन्ने अभ्यासका रुपमा लिइएको छ । srota Reportsnepal
















































। २ बैशाख २०७८, बिहीबार