एनसेलसँगको सहकार्यमा सामसङको नयाँ वर्षको नयाँ एक्सचेन्ज योजना

काठमाडौं : स्मार्टफोन ब्राण्ड सामसङले आफ्नो नयाँ वर्षको योजनाअनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बारफोन अर्थात् फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको छ।

डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’अभियानअन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना१२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउँछन्। सामसङलको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउँछन्।

नयाँ वर्ष योजना‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्‍याउने सामसङको प्रतिवद्धता अनुरुप ल्याइएको हो। यससँगै ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभव लिँदै असीमित डिजिटल सम्भावनाहरुसँग आफूलाई जोड्न सक्छन्।

एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँवर्ष २०७८को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसङले लिइएको छ।

यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सीएम०१ कोर र ग्यालेक्सीएम०२ स्मार्टफोन लिन सक्छन्।

ग्यालेक्सीएम०१ कोरमा १ जीबी र्यामर १६ जीबी स्टोरेज क्षमता रहेको छ। ग्यालेक्सीएम०२ मा ग्राहकले आफ्नो आवश्यकताअनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्छन्। ग्यालेक्सीएम०१ कोर र ग्यालेक्सीएम०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव नभएका ग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्छन्।

तपाईको प्रतिक्रिया