जाजरकोटमा आज पाँच घण्टा विद्युत अवरुद्ध हुुने

May be an image of text

जाजरकोट, २१ चैत्र । शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जाजरकोट सहित कर्णाली प्रदेशका तीन जिल्लामा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

रामघाट स्टेशनको ११ के.भि प्रसारण लाईन अन्तर्गत कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र सल्यान जिल्लाका सम्पूर्ण क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।

वितरण केन्द्रका अनुसार भेरी गंगा नगरपालिका रानिवन क्षेत्रमा कर्णाली प्रदेश कार्यालय सुर्खेतले रामघाट सवस्टेशनको छिचु ११ के.भी.देखि ३३ के.भी. कसिङ परेकोले अवरुद्ध हुन लागेको बताएको छ । विहान १० बजे देखि दिउँसो ३ बजे सम्म विद्युत अवरुद्ध हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया