चट्याङ लागेर शिवालयमा १ जनाको मृत्यु


माया घर्ती
जाजरकोट, १७ वैशाख । चट्याङ लागेर जाजरकोटमा १ जनाको मृत्यु भएको छ । विहिवार बेलुका ५ बजेतिर चट्याङ लागेर जिल्लाको छेडागाड नगरपालिका १२ का २६ वर्षिय गणेश बुढाको मृत्यु भएको हो ।

शिवालय गाउँपालिका १ स्थित वडा कार्यालय निर्माणका लागि आवश्यक काठ चिरेर समान राख्न स्थानीय पसलमा जादै गर्दा चट्याङ लागेर बुढाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटना पछि स्थानीयले दिएको जानकारीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खुमानन्द पाण्डे नेतृत्वको टोली घटनास्थल पुगेर मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया