चौरजहारी विशेष : नगरपालिकाका कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द

 

चौरजहारी, १७ वैशाख । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अत्यावश्यक बाहेकका अन्य सेवाहरु अनिश्चितकालको लागि बन्द गरिएको छ । नगरपालिकामा कार्यरत ७ जना कर्मचारी र १ जना जनप्रतिनिधि र शिक्षकहरुमा समेत संक्रमण देखिएपछि नगरपालिकाले सेवा बन्द गर्नु गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकहरु संक्रमित भई आईसोलेशनमा बस्नुपर्ने अवस्था भएकोले नगरपालिकाबाट प्रदान हुने अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरिएको हो ।

नगरपालिकाद्धारा सञ्चालित नगरबस सेवा, सूचना प्रविधि अधिकृत पदको दरखास्त आह्वान सम्बन्धि सूचना समेत अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया