जाजरकोटमा ११ जनामा कोरोना पुष्टी, कुनकुन ठाउँमा देखियाे ?

जाजरकोट, १२ वैशाख । भेरी नगरपालिकामा आईतबार २८ जनालाई गरिएको परिक्षणबाट ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । एन्टीजिन प्रविधीबाट गरिएको परिक्षणबाट २८ जना मध्ये ११ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको हो । जिल्ला सदरमुकाम खलंगामा आईतबार कोरोना परिक्षण गरिएको थियो ।

परिक्षण गरिएका २८ जना मध्ये ११ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कोरोना फोकल प्रसन कृष्ण खत्रीले जानकारी दिए । उनका अनुसार आईतबार जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा गरिएको परिक्षणमा ११ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कोरोना फोकल पर्सन कृष्ण खत्रीले जानकारी दिए  ।

उनका अनुसार, २८ जनामा गरिएको परिक्षणमा ११ जनामा पुष्टी भएको छ । संक्रमित अधिकांश भेरी नगरपालिकाका रहेका छन् । भेरी नगरपालिकामा ४ कोे २५ बर्षको महिला, भेरी ३ को २२ बर्षको महिला, भेरी ४ को ४३ बर्षको पुरुष, भेरी ७ को ४४ बर्षको पुरुष, भेरी ४ को २४ बर्षको पुरुष, २३ बर्षको महिला, ८८ बर्षको पुरुष र ४० बर्षको  अर्काे पुरुषमा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै बारेकोट गाउँपालिका २ को ४३ बर्षिया पुरुष र १८ बर्षको बालिकामा कोरोना पुष्टी भएको छ । संक्रमित सबै आफ्नै होमआइसोलोसनमा रहेका छन् । यस्तै, एन्टिजिन प्रविधि मार्फत गरिएको परिक्षणमा जुनिचाँदे गाउँपालिका ११ को १२ बर्षिय पुरुष, भेरी नगरपालिका १ को १५ बर्षिय बालिका भेरी नगरपालिका ६ को २९ बर्षको पुरुष र बारेकोट गाउँपालिका ५ को ४५ बर्षिया पुरुषमा कोरोना पुष्टि भएको खत्रीले वताए ।

उनिहरु सबै अहिले होम आइसोलोसनमा बसिरहेका छन् । जाजरकोटमा हाल जम्मा संक्रमित १५ जना रहेको कार्यालयले जनाएको छ । यता, भेरीको नगर स्वास्थ्य शाखाले कोरोनाको संक्रमणले विकराल रुप लिएपछि परिक्षणको दायरालाई बढाउने नगर स्वास्थ्य शाखाकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया