धनगढीमाथि विराटनगरको सहज जित

इलाम : खुकुरी नेपाल सुपर लिगमा विराटनगर सिटी एफसी जितसहित सुखद सुरुवात गरेको छ। फ्रेन्चाईज लिग अन्र्तगत किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी एफसी माथि ३-० गोल अन्तरको जित निकाल्दै विराटनगरले सुखद सुरुवात गरेको हो।

पहिलो हाफमा एक गोल गरेको विराटनगरले दोश्रो हाफमा दुई गोल गर्न सफल रहयो। खेलको १५ औं मिनेटमा विराटनगरले सुरुवाती अग्रता बनायो। पेनाल्टी एरिया नजिकैबाट विक्रम धिमालले पहिलो गोल गरे। खेलको ५७ औं मिनेटमा विराटनगरले अग्रता दोब्बर बनायो।

अनमार्क रहेका एडिलाजा सोमिडेले टिमका लागि दोश्रो गोल गरे। ६९ औं मिनेटमा विराटनगरले तेश्रो गोल थप्यो। सुनिल बलको पासमा सन्तोष तामाङले गोल गरेपछि विराटनगरले खेल ३–० ले जित्दै महत्वपुर्ण तीन अंक बटुल्न सफल रहयो।

खेलको सुपर प्लेयर अफ दि म्याच विराटनगरका सन्तोष तामाङ र इर्मजिङ प्लेयर अफ दि म्याच विराटनगरकै निरकुमार राई र घोषित भए। उनीहरुले जनही २५ हजार र १० हजार प्राप्त गरे। अहिले पोखरा थन्र्डस र बुटवल लुम्बिनी एफसीबीच हुँदैछ।

तपाईको प्रतिक्रिया