शेरबहादुर तामाङले सम्हाले कार्यालय सचिवको जिम्मेवारी

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व-मन्त्री शेरबहादुर तामाङले नेकपा एमाले केन्द्रीय कार्यालयको सचिवको पदभार ग्रहण गरेका छन्। आइतबार नेता तामाङले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै उनले कार्यालय सञ्चालनलाई थप चुस्त दुरुस्त बनाउने, पार्टीको नेता र कार्यकर्ताबीचको अन्तरसम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेता तामाङलाई कार्यालय सचिवको जिम्मेवारी दिएको थियो। एमाले कार्यालयमा यसअघि ईश्वरी रिजाल कार्यालय सचिव छन्। तामाङ थपिएपछि एमाले कार्यालय सचिवमा दुई जना भएका छन्।

तपाईको प्रतिक्रिया