गाैतम गम्भीर फाउन्डेसनलाई अक्षय कुमारले दिए १ करोड भारु

काठमाडाैं : बलिउड अभिनेता अक्षय कुमारले कोभिडको दोस्रो लहरबाट प्रभावित भएकाको मद्दतका लागि एक करोड भारतीय रुपैयाँ सहयोग गरेका छन्। क्रिकेटर तथा राजनीतिज्ञ गौतम गम्भीर फाउन्डेसनलाई उनले उक्त रकम दिएका हुन्।

क्रिकेटबाट संन्यास लिएपछि गौतम राजनीतितर्फ मोडिएका थिए। शनिबार गौतमले सामाजिक सञ्जालमार्फत आफ्नो फाउन्डेसनलाई रकम दिएकोमा अक्षयलाई धन्यवाद दिएका थिए।

अक्षयले यस्तो समयमा पनि आफूले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। महामारी छिट्टै हट्ने पनि उनले विश्वास व्यक्त गरे।

अक्षय हरेक वर्ष समस्यामा परेकालाई सहयोग गर्दै आइरहेका छन्।

पहिलो चरणको कोभिडको समयमा पनि उनले विभिन्न संस्थालाई ३० करोड रुपैयाँभन्दा बढी सहयोग गरेका थिए।

तपाईको प्रतिक्रिया