
काठमाडौं : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णय रोक्न माग गर्दै अदालतमा दर्ता भएको रिट हेर्न नभ्याइने सूचीमा परेको छ। ओलीले आफ्नो समूहविरुद्धको कारबाही रोक्न आदेश मागसहित नेता माधवकुमार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले रिट दायर गरेका थिए।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा रिटको प्रारम्भिक सुनुवाइ तोकिएको थियो। तर, आज हेर्न नभ्याइने सूचीमा परेको छ।
पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनविपरीत अध्यक्ष ओलीले आफूहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै रिट दर्ता भएको थियो। वैशाख ९ गते रिट सर्वोच्चमा दर्ता भएको थियो।
पछिल्लो पटक एमाले महाधिवेशन आयोजक कमिटीको निर्णयबाट स्पष्टीकरण माग गरिएका अन्य २७ सांसदको हकमा पनि कारबाही प्रक्रिया रोक्न सोही रिटमा माग गरिएको छ।
















































। १२ बैशाख २०७८, आईतवार