प्रचण्डद्धारा सर्वोच्चमा नेकपा विवाद बारे पुनरावलोकनको निवेदन पेश

                                             फाईल तस्विर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सर्वोच्च अदालतमा नेकपा विवाद बारेको पुनरावलोकनको निवेदन दिनुभएको छ । नेकपा विवादबारे सर्वोच्च अदालतले फागुन २३ मा एकता बदर गर्दै एमाले र माओवादी केन्द्र ब्यूँझने फैसला गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै प्रचण्ड पुनरावलोकनका लागि सर्वोच्च अदालत पुग्नुभएको हो ।

पुनरावलोकनका लागि अध्यक्ष प्रचण्ड सहित नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु अदालत पुगेका थिए ।

सर्वोच्चले गत फागुन २३ गते नेकपा विवादबारे फैसला सुनाउँदै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिक मान्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई अमान्य ठहर गरेको थियो ।

तपाईको प्रतिक्रिया