चुलोमा बल्दैन् आगो, खुट्टामा छैनन् चप्पल, छोराछोरी पढाउने सपना मात्रै !


बारेकोट, १२ चैत्र । बारेकोट गाउँपालिका ४ जुम्क स्थित मुनबहादुर विकको परिवारलाई अहिले के खाने भन्ने समस्याले पिरोलिरहेको छ । घरमा आम्दानीको कुनै स्रोत नहुदाँ विकको चार जना परिवारलाई अहिले गास, वास र कपासको निकै चिन्ता छ ।

No description available.

श्रीमति भवानी विक, छोरा प्रवेश विक र छोरी मनमाया विकलाई एकसरो कपडा फेर्न नसकेको मुनबहादुर विकले दुःख पोखे । उनले भने, ‘सर लगाउने लुगा भन्दा पनि हामीलाई के खाने भन्ने चिन्ता छ, घरमा एउटा पनि अन्न छैन ।’ ‘धेरै भईसक्यो श्रीमतीको खुट्टाको चप्पल पनि फेर्न सकेको छैन् ।

चाडपर्व आउँदा मासु खाने भन्छन् छोराछारीले किन्ने पैसा हुन्न’ उनले थपे । अरुको घरमा काम गरेको पैसाले एक छाक मात्र खाना पुग्छ,अर्काे दिन विहान के खाने भन्ने चिन्ताले सताउन गरेको उनकी श्रीमती भवानी विकको भनाई छ । ‘अहिले हामीलाई के खाने भन्ने चिन्ता छ, छोराछोरी पढाउने हाम्रो सपना मात्र हुन्छ, ठुला भएका छोराछोरीलाई कसरी पढाउने होला ।’

No description available.

आर्थीक अवस्था कमजोर भएकै कारण विद्यालय सम्म पुग्न नसकेका बालबालिकाहरु सहयोगको माग गरिरहेका छन् । ‘वुवा आमालाई खानाको जोहो गर्न निकै मुस्किल पर्छ हामीलाई कसरी स्कुल पठाउन सक्नुहुन्छ, उनका छोरा प्रवेश विकले भने ।’

दलित तथा गरिव परिवारलाई कसैले सहयोग गरे आफुहरु उहाँहरुलाई भगवान् भनेर पुज्ने उनीहरुको भनाई छ । दु ःखको वेला अर्थात पीडामा भएका हाम्रो परिवारलाई सधै भगवान्को रुपमा पुजा गर्ने भन्दै आँसु तपतप खसाले………..

यस्ता गरिव परिवारका लागि स्थानीय सरकारले विशेष पहल गरी छोराछोरीको पढनपाठनमा टेवा पु¥याउनु आजको आवश्यकता हो । जगत आधारभुत विद्यालय मैनाका शिक्षक राजेन्द्र विक्रम शाहीले दिएको जानकारी अनुसार, अति गरिवीका कारण खुट्टामा चप्पल पनि छैनन् । छोराछोरीलाई पढाउन सकेका छैनन् ।

No description available.

के खाने गास, वास र कपासको निकै समस्या रहेका बताए । उनीहरुको परिवारलाई सबैले सहयोग गर्न अपिल समेत गरे । बाँकी उहाँहरुको पीडा हाम्रो टीमले निरन्तर प्रकाशित गर्नेछौँ । सहयोगका लागि ९८६३२८१९४७ मा खबर गर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया