स्वेज नहरमा पानी जहाज अड्कियो

काठमाडौं । भूमध्य सागर र लाल सागरलाई जोड्ने इजिप्टको स्वेज नहरमा कन्टेनर बोकेको पानी मालवाहक पानी जहाज अड्किएको छ ।

युरोप र एसियालाई जोड्ने छोटो कृत्रिम समुद्री मार्गका रूपमा रहेको स्वेज नहरमा पानी जहाज अनियन्त्रित भएपछि अड्किएको हो ।

अहिले त्यहाँ मालवाहक कार्गो जहाजहरूको जाम भएको छ । जहाजलाई तान्ने शक्तिशाली नाउ प्रयोग गरेर हटाउन तयारी भइरहेको छ । यद्यपि केही दिनसम्म नहर अवरुद्ध हुनसक्ने बताइएको छ ।

सन् २०१८ मा बनेको ४ सय मिटर लामो र ५९ मिटर चौडा यो जहाज ताइवानी कम्पनी एभरग्रिन मराइनले सञ्चालन गर्दै आएको छ । कम्पनीले शक्तिशाली हावाको बहावका कारण जहाज जमिनमा ठोक्किएर अनियन्त्रित भएको बताएको छ ।

तपाईको प्रतिक्रिया