पोषिलो मिठो उत्पादनमा स्थानीय सरकार, आधा किलोको एक सय पचास मुल्य

जाजकोट, १० चैत्र । जिल्लाको एक स्थानीय सरकारले पोषिलो मिठो उत्पादन गर्न लागेको छ । स्थानीय क्षेत्रमा पाईने विभिन्न खाद्यान्नको समिश्रण बाट भेरी नगरपालिकाले पोषिलो मिठो उत्पादन गर्न लागेको हो । गाउँघरमा पाईने भटमास,मकै,चामलको पिठो र चामल र मकैको मिठो मात्र मिलाएर पोषिलो मिठो बनाउन सिकाईरहेको छ ।

नगरपालिकाको महिला संग उपमेयर कार्यक्रम मार्फत पोषिलो मिठो उत्पादन गर्ने तालिम दिईरहेको भेरी नगरपालिकाका उप प्रमुख भावना भण्डारीले जानकारी दिईन । उनले भनिन्, ‘हामीले कसरी पोषिलो मिठो उत्पादन गर्न सक्छौँ, हाम्रा नानीवावुहरुलाई कसरी पोषिलो खानेकुरा खुवाउँन सक्छौँ, अव यस्ता खालका कार्यक्रमको आवश्यकता ठानी सञ्चालन गरेका हौँ ।’ स्थानीय सरकारको प्रशंसनीय कार्य भएको स्थानीयहरु बताउँछन् ।

यसै अन्र्तगत दुई दिने सर्बाेत्तम (पोषिलो) पिठो उत्पादन तालिम सम्पन्न भएको छ । महिलासंग उप–प्रमुख कार्यक्रम अन्तरर्गत वडा स्तरीय सीप विकास सम्बन्धी दुई दिने सर्बाेत्तम (पोषिलो) पिठो उत्पादन तालिम सञ्चालन गरिएको हो । भेरी नगरपालिका–१३ कुदुमा शुक्रबारदेखि सुरु भएको उक्त तालिम शनिबार सम्पन्न भएको थियो ।

वडा नम्बर १० र १३ मा रहेका महिला समुहबाट सम्बन्धीत वडाले छनौट गरेर पठाएका २१ जना महिलाले उक्त दुई दिने तालिममा भाग लिएका थिए । घरेलु खाद्यान्न बाटै बनाईने सर्बोत्तम पिठो उत्पादन तालिमको सहजीकरण सुआहारा–२ परियोजनामा कार्यरत राजेश र नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य सहायक यज्ञ गौतमले गरेका थिए ।

भेरी नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट संचालित ‘महिलासंग उप–प्रमुख कार्यक्रम’ अन्र्तगतको सर्बोत्तम पिठो उत्पादन तालिम आफुले संचालन गरेको नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य सहायक यज्ञ गौतमले जानकारी दिए ।

पोषिलो पिठो उत्पादन व्यबसायिक तालिमलाई पोषिलो जाउलो बनाउने विधिबाट संचालन गरिएको प्रशिक्षक गौतमले बताए । सर्बोत्तम पिठो उत्पादल घरेलु खाद्यन्न भट्टमास, मकै र चामलको पिठोको मात्रा मिलाउने र चना, चामल र मकैको पिठोको मात्रा मिलाउने दुई प्रकारको घरेलु खाद्यन्नलाई प्रयोग गर्न सकिने विधि सिकाईएको गौतमको भनाई छ ।

उक्त सर्बोत्तम पिठो उत्पादनमा दुई भाग अनाज र एक भाग गेडागुढीको मात्रा मिलाउनुपर्ने सुत्रलाई प्रयोग गरिएको प्रशिक्षक गौतमले प्रस्ट पारे । उक्त तालिम प्राप्त महिला दिदीबहिनी महिला समुहहरुमा उद्योग संचालन गर्न सक्ने भएका छन् ।

उद्योगमा उत्पादन गरिएको आधा किलो सर्बाेत्तम पिठोलाई एक सय २० देखि एक सय ५० रुपैया मुल्यमा विक्रि वितरण गर्न सकिने बताईएको छ । उक्त सर्बोत्तम पिठोलाई गर्भवती आमा, सुत्केरी महिला, ६ महिना देखि २ बर्षसम्मका बालबालिका, जेष्ठ नागरिक र विरामीहरुले प्रयोग गर्न सक्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया