
जाजरकोट, ३ चैत्र । कर्णाली प्रदेश प्रमुख गोविन्द्र प्रसाद कलौनीले कर्मचारीले राम्रो काम गरे मात्र देशमा विकास हुने बताएका छन् । मंगलबार जाजरकोटमा कर्मचारीहरु संग कुराकानी गर्दै प्रमुख कलौनीले यस्तो बताएका हुन् ।
उनले भने, ‘देश विकास तिर लाने भनेकै कर्मचारीतन्त्रले हो, यहाँहरुले राम्रो काम गरे मात्र देश बन्छ ।’ जाजरकोटमा रहेको प्रत्येक सरकारी कार्यालयका कर्मचारीहरुलाई राम्रो काम गर्न समेत निर्देशन दिएका छन् ।
जाजरकोट जिल्लामा भौगोलिक विकटता मात्र नभई प्रचुर सम्भावनाको जिल्ला भएकोले यहाँको विकासमा कर्मचारीतन्त्रले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताए ।
यस्तै जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जिल्लाका शुसासन, शान्ती सुरक्षा र सेवालाई प्राथमिकतामा राखी काम गरिरहेको जानकारी दिए ।
















































। ३ चैत्र २०७७, मंगलवार