जाजरकोट-बन तथा वातावरण मन्त्रालय र दार्ती निकाय बेलायत सरकार र मोट म्याक्डोनाल्ड को प्रबिधिक सहयोगमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम(NCCSP),जाजरकोट जिल्लामा ३ वटा स्थानीय तह (नलगाड न.पा,बारेकोट गा.पा र शिवालय गा.पा) मा महत्त्वपूर्ण कार्यक्रम लागू गरेको छ। जस अन्तरगत शिवालय गाउँपालिका वडा नम्बर ६ काउली सल्लेरी खानेपानी योजना जस्मा ४३५ जना जनसंख्या उक्त खानेपानी सुबिधा पाउने छन् भने वडा नम्बर ५ र ६ मा बडाखेत सिचाइ कुलो १०८४ मिटर लम्बाई कुलो निर्माण हुदैछ जस्मा २८५ जना कृषकले सिचाइको सुबिधा पाउने छन् भने टुनि बगड सिचाइ योजना १०७५ मिटर अ जस्मा ३४९ जना कृषक लाव्म्बीत हुनेछन।



https://youtu.be/m4Kn6R1RS7c
एक करोड दस लाख पुजी बराबरको सिचाइ कुलो निर्माण अगाडी बढेको छ भने ५५ लाख पचिस हजार आठ सय चवालिस रुपैयाँ बराबरको खानेपानी परियोजनाको काम अगाडी बढेको जलवायु परिवर्तन सहयोग कार्यक्रमका कार्यक्रम संयोजक सन्दिब कायास्थले जानकारी दिनुभयो भने शिवालय गाउँपालिका अध्यक्ष नरेन्द्र साही,NCCSP का कार्यक्रम संयोजक सन्दीप कायस्थ लगाएत गाउँपालिका प्राबिधिक टोलि स्थलगत अनुगमन गरेका छन् ।
















































। २ चैत्र २०७७, सोमबार