रमेश अधिकारी ।
छेडागाड नगरपालिकाको नवौ नगर (विधायन सभा) सम्पन्न भएको छ ।
नगर प्रमुख लालबहादुर महत्ताराको अध्यक्षतामा सम्पन्न भएको बिधायन सभामा नेपालको संविधान सङ्ग नबाझिने गरि विभिन्न ऐन तथा कार्यबिधी पारित गरिएको सभा सचीव एबम प्रमुख प्रशासकिय अधिकृत झलक केसिले बताए ।
शुक्रवार बाट सन्चालन भएको सभाले मुख्य गरि दुईवटा ऎन पारित गरेको छ । साथै नया ऐन ल्याउने,मौजुदा ऐनको संशाेधन गर्ने लगाएतका समसामयिक विषयमा छ्लफल भएको जनाईएको छ ।
नगर सभा बाट शिक्षा ऐन २०७४ दोस्रो संसोधन गर्न बनेको बिधयक २०७७ सामाजिक बिकास समिती संयोजक प्रेम बहादुर खत्रीले सभा समक्ष प्रस्तुत गरेका थिए भने छेडागाड नगरपालिकाको वन ऐन सम्बन्धी ब्यबस्था गर्न बनेको बिधयक २०७७ वन तथा बाताबरण विकास समिती संयोजक महेन्द्र बहादुर शाहिले सभा समक्ष प्रस्तुत गरेका थिए ।
साथै उल्लेखित बिधयकहरु मध्ये छेडागाड नगरपालिका वन एन ब्यबस्था गर्न बनेको बिधयकको विषयमा सभा सदस्य गणेश प्रसाद जैसीले आफ्नो धारणा राखेका थिए भने दुबै बिधयक माथी बफादार छलफल भइ पारित गरिएको थियो ।
साथै विभिन्न कार्य सुचिहरुमा छलफल गर्दै वडाको थप सङ्ख्या,वडाहरुको केन्द्र तोक्ने बिसयमा छलफल भइ वडा न. ७ को वडा कार्यलय सर्बसमतिबाट तोकिएको र वडा न. ११ को वडा कार्यलय रहने स्थान बारे मतदान प्रक्रिया बाट टुङ्गो लगाईएको छ । वडा न. १ र २ को वडा बिभाजनको लागि परेको प्रस्ताव अनुसार छलफल बाट वडाहरुको बिभाजन विषयमा अर्को नगर सभामा प्रतिबेदन पेश गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय एक कार्यदल निर्माण गरिएको छ ।
साथै ०७७/७८ को कार्यक्रम संशोधन तथा खर्च अनुमोदन विषयमा आवश्यक छलफल गर्दै सभा समापन गरिएको छ ।
छेडागाडमा नवाैं नगरसभा सम्पन्न :दुई महत्वपूर्ण ऎन पारित
तपाईको प्रतिक्रिया
















































। २९ फाल्गुन २०७७, शनिबार