
जाजरकोट, २७ फागुन । जाजरकोटमा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जिल्लाको शान्ती, सुरक्षा र नागरिकको सेवालाई पहिलो प्राथमिकता दिने बताएका छन् ।
बुधबार जिल्लाका क्रियाशिल पत्रकारहरु संगको परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन् । उनले भने, ‘मैले आत्मीयताको भावनाका साथ जाजरकोटमा काम गर्नेछु, मेरो घर जुम्ला भएकोले झनै छिमेकी जिल्ला आफ्नो जन्मभुमी जस्तै लाग्छ, त्यसैले यहाँको शान्ती, सुरक्षा अमन, चयन कायम गर्न मेरो पहिलो जिम्मेवारी रहनेछ ।’
जिल्लामा हुने गरेका विकास निर्माणको कामको गति बढाउन समेत ठेकेदारहरु संग समन्वयन गर्ने बताए । जिल्लालाई भष्ट्रचारमुक्त जिल्ला बनाउन अभियान थाल्ने समेत देवकोटाको भनाई छ । यस्तै, नेपाल पत्रकार महासंघ शाखा कार्यालय जाजरकोटका अध्यक्ष भीमबहादुर सिहंले जाजरकोटमा प्रशासन कार्यालय र प्रत्रकारहरु वीचको सम्बन्ध बलियो हुनुपर्ने बताए ।
उनले भने, ‘यसभन्दा पहिले जाजरकोटका प्रशासन संगको सम्बन्ध बलियो थियो, अवका दिनमा पनि प्रशासन र पत्रकारको सम्बन्ध बलियो होस ।’ जाजरकोटमा थुप्रै समस्या छन् यसलाई सक्रियताका साथ सबै मिलेर समाधान गर्नुपर्ने बताए ।
समयमा काम नगर्ने ठेकेदारलाई कारबाही
प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले समयमा काम नगर्न ठेकदारलाई कारबाही गरिनेका बताए । उनले भने, ‘जिल्लामा मैले सुने अनुसार निर्माणको जिम्मा लिएका ठेकेदारहरुले समयमा काम नसक्ने पछि गएर काम छोड्ने गरेका छ रे, यसलाई रोक्न अबका दिनमा समयमा काम नगर्ने सबै निर्माण कम्पनीलाई कारबाही हुन्छ ।’
प्रत्रकार मैत्री प्रशासन हुन्छ ः प्रजिअ पन्त
जिल्लामा भर्खरै मात्र आएका प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जिल्ला प्रशासन कार्यालय जाजरकोट पत्रकार मैत्री बन्ने कुरामा जोड दिएका छन् । उनले भने, ‘देश निर्माणमा पत्रकारहरुको ठुलो भुमिका छ जाजरकोटमा पत्रकार साथीहरुले खोजमुलक समाचार लेख्नु पर्छ प्रशासन कार्यालय चौबिसै घण्टा पत्रकारहरुका लागि प्रशासन खुल्ला रहन्छ , तपाईहरु माग्ने सुचना माग्नुहोस हामी दिन तयार छौँ, तपाई हामी मिलेर समृद्ध जाजरकोट बनाउन सक्छौ, हामीले चाहेर मात्र हुदैन तपाईहरुको पनि साथको आवश्यक छ, हामी सबै सकारात्मक तरिकाले अगाडि बढौँ ।’ साथै पत्रकारहरुले निष्पक्षताका साथ समाचार सम्प्रेषण गर्छन त्यस्तो वेला सुरक्षाको पुर्ण ग्यारेन्टी समेत गरिने बताए ।
शुसासन यूक्त कार्यालय बनाउनमा जोड
जाजरकोट प्रशासनलाई शुसासन युक्त प्रशासन बनाउने कुरामा जोड दिएका छन् । उनले भने, ‘जाजरकोट प्रशासन कार्यालयलाई सुशासन यूक्त बनाउन हामी सबै लागेर काम गर्नेछौँ, जिल्लामा मैले यस भन्दा अगाडि काम गरेको जिल्ला भन्दा अलि खुल्ला ठाउँ हो, मलाई यहाँ काम गर्न सहज हुनेछ, देशको काम गर्न खटिएका हामी कर्र्मचारीले राजनितीक दलहरु संग आवद्ध हुनु राम्रो होइन, हामी जाजरकोट प्रशासनलाई शुसासन यूक्त बनाउन लागिपर्ने छौँ ।’
जनतालाई सेवा दिन कसरी सहज हुन्छ त्यसरी सेवा दिने उनले बताए । ‘जिल्लामा धेरै समस्या छन, यसमा कसैको ध्यान गएको छैन, हजुरको पालामा समस्याको अलि समाधान हुनेछ पत्रकार महासंघ जाजरकोटका कोषध्यक्ष दीपबहादुर घर्तीले भने ।’
जाजरकोटमा भएका पछिल्लो समस्याका विषयमा सिडियोलाई पत्रकारहरुले जानकारी दिएको पत्रकार विनोद कुमार घर्तीले जानकारी दिए । यहाँको समस्याहरुलाई प्राथमिकताका साथ हेरिने प्र.जि.अ देवकोटाले प्रतिवद्धता व्यक्त गरे ।
















































। २७ फाल्गुन २०७७, बिहीबार