
जाजरकोट, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता डम्बरबहादुर सिंहको पहलमा बाह्र जना गरिव तथा जेहेनदार विद्यार्थीलाई आर्थीक र शैक्षिक सहयोग गरिएको छ ।
अष्टे«लियामा अध्ययनरक्त रमेश सिंहको आर्थीक सहयोगमा बारेकोट गाउँपालिका भित्र अध्यनरक्त असहाय, गरिव र जेहेन्दार छ वटा विद्यालयका विद्यार्थीलाई वितरण गरिएको छ । जसअन्र्तगत प्रत्येक विद्यार्थीलाई ५ हजार आर्थीक सहयोग र शैक्षिक टोक्कन वितरण गरिएको नेता सिंहले जानकारी दिए ।

उनले पछिल्लो समयमा विभिन्न पहलमा गरिव तथा विपन्न परिवारका लागि आर्थीक सहयोग जुटाउँदै आएका छन् । लकडाउनको वेला समेत बारेकोटी जनतालाई खाद्यान्नको सहयोग गरेका नेता नेकपा एमाले जाजरकोटका प्रभावशाली नेता हुन ।

बारेकोट गाउँपालिका ६ को सिता माद्यामिकमा रहेको सिता जानकी अक्षय कोषमा जम्मा गरिएको छ । गाउँपालिका भित्रका वुद्धिजिवी, समाजसेवी, राजनितीक दलका नेता कार्यकता लागायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
















































। २७ फाल्गुन २०७७, बिहीबार