२२ बर्षका पुर्णका दुवै मृगौला फेल, उपचार अभावले छटपटाउँदै अस्पतालको वेडमा

कोही भगवान् छैनन् यो संसारमा पुर्णकी दिदी

जाजरकाेट, २० फागुन । दुवै मृगौला फेल भएर जीवन र मृत्युको विचमा परेर अस्पताल भर्ना भएका एक युवकले आफनो ज्यान वचाईदिन सवै संग आग्रह गरेका छन् । जिल्लाको भेरी नगरपालिका वडा नम्वर ११ जगतिपुर निवासी अति विपन्न परिवारका २२ वर्षिय पुर्ण परियारले आर्थिक अभावले उपचारमा समस्या परेको भन्दै जीवन रक्षाको लागि सवै संग याचना गरेका हुन् । दुवै मृगौला फेल भएर कोहलपुरको मेडिकल कलेजको विरामी शैयामा उपचार गराइरहेका पुर्णले उपचार खर्च नपाए आफनो युवा उमेरमै जीवन समाप्त हुने भन्दै ज्यान जोगाईदिन आग्रह गरेका हुन् ।

गत असोज महिना देखि विरामी भएर काठमाडौंमा उपचारका लागि लगिएका पुर्णलाई डाक्टरले दुवै मृगौला फेल भएको वताएपछि उनको परिवार अप्ठेरोमा परेको छ । काठमाडौंमा उपचार गर्न नसक्ने भएपछि उनलाई अहिले लामो समय देखि कोहलपुरमा उपचारका लागि राखिएको पुर्णकी दिदी कल्पना परियारले वताईन् । उपचार धान्न नसकेपछि आफनो परिवार चरम संकट र तनावमा परेको कल्पनाले वताइन् ।

‘मृगौला फेल भएको भाइलाई मैले आफनो मृगौला दिने भनेकी छु तर त्यो दिदा पनि लाग्ने पैसा छैन कसरी भाइलाई वचाउने समस्यामा परयौं’ कल्पनाले भनिन् । हामी गरीवलाई यस्तो आपत पर्दा कोहि भगवान भएर आइदिए पनि हुन्थ्यो नि उनले दुखेसो पोखिन् ।

घरमा अपांग वुवा अति विपन्न घरको अवस्था छ कसरी यो भाइलाई वचाउने होला भनेर निकै चिन्ता लाग्ने गरेको कल्पनाले वताइन् । साँझ विहानको छाक जुटाउन पनि मुस्किल परिरहेको पुर्णको परिवारले मृगौला प्रत्यारोपन गर्न लाग्ने १०÷१२ लाख रुपैया जुटाउन सक्छ भनेर कल्पना पनि गर्न नसकिने स्थानीय तिलक आचार्यले वताए ।

अहिले सम्म पुर्णको परिवारले केहि भएको पैसा र ऋण लिएर काम चलाएको तर अव जीवनको अप्ठेरो अवस्थामा उनीहरु ठुलो संकटमा परेको वताए । पुर्णको उपचारका लागि प्रत्येक हप्ता दुई पटक डायलासिस गर्ने र दुई महिनाको एक पटक रगत दिनुपर्ने अवस्था आएको पुर्णको परिवारले जनाएको छ ।

पुर्णको जीवन रक्षाका लागि दिदी कल्पनाले सवैलाई याचना गरेकी छन् । पुर्णको जीवन वचाउन चहानेहरुले कल्पना परियारको नाममा राष्ट्रिय बाणिज्य बैकमा रहेको खाता नम्बर ४२८०१००००९१३३०१० मा सहयोग रकम जम्मा गर्न सक्ने उनको परिवारले जानकारी दिएको छ । जिल्लाको दुर्गम र विपन्न परिवारका होनहार युवा पुर्णको जीवन रक्षामा सरोकारवाला, सरकार र अन्य सहयोगी मन भएकाहरुले आफनो क्षमता अनुसार सहयोग गर्न हाम्रो पहुँच अनलाईन परिवार आग्रह गर्दछ ।

तपाईको प्रतिक्रिया