
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बूँदे सहमति भएको छ । शुक्रबार भएको वार्तापछि भएको सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।
विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीसहितको सहमति भएको हो । सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गरिने सहमतिपत्रमा उल्लेख छ । काठमाडौंको राष्ट्रियसभा गृहमा हुने सोही कार्यक्रमबाट बिप्लव पनि सार्वजनिक हुने बताइएको छ ।
















































। २० फाल्गुन २०७७, बिहीबार