छेडागाडकाे सार्वजनिक सुनुवाई

No description available.

रमेश अधिकारी
जाजरकोट, ३ फागुन । जाजरकोटको छेडागाड नगरपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न     गरेको छ । जि.आई.जेडर सुशासनका लागि क्षमता विकास, सुर्खेतको आर्थिक सहयोगमा छेडागाड नगरपालिकाले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

No description available.

नगरप्रमुख लालबहादुर महत्ताराको अध्यक्षतामा भव्यताका साथ सार्बजनिक सुनुवाई सम्पन्न गरिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक केसीले आ.व ०७७र७८ मा गरिएका सम्पुर्ण क्रियाकलापहरुको विस्तृत योजना तथा कार्यक्रमहरुको बारे जानकारी गराएका थिए, भने नगरपालिकाका सम्पुर्ण विषयगत शाखाका प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

No description available.

नगरपालिकाको कुल बजेट ७७,४३,६३,४६८ मध्य चालू र पुजिगत गरि जम्मा २३,६३,३५,७३० अर्थात
३०.५२ प्रतिशत खर्च भएको प्रतिबेदन नगरपालिकाका लेखा प्रमुख भिमबहादुर बिकले प्रस्तुत गरेका थिए । सार्बजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झलक केसिले सहभागीहरुबाट उठेका जिज्ञासा,गुनासा र सुझाव माथी जवाफ दिएका थिए । साथै आगामी दिनमा नगरपालिका बाट प्रवाह गरिने सेवालाई थप प्रभावकारी बनाई जाने बिषयमा प्रतिबद्धता जायर सबै शाखाका प्रमुखले गरेका छन् ।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दल, विषयगत संस्थाका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरु लगायत स्थानीय पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया