समाजका अन्तरविरोध ,पराजय र सम्झौता

व्यक्ति व्यक्ति मिलेर परिवार बन्छ । परिवार परिवार मिलेर टोल वा छिमेक बन्छ । टोलटोल मिलेर समुदाय र समुदाय समुदाय मिलेर समाजको निर्माण हुन्छ, यो व्यापक हुन्छ ।

समाजवादी आलोचनाले कला कलाको निम्ति भन्ने सिद्धान्तको विरोध गर्थ्याे। कला कलाको निम्ति भन्ने सिद्धान्त अनुसार व्यक्ति र स्वार्थपूरक वस्तु व्यक्तिको अहम्को सामाजिक अहम्सँग कुनै सम्बन्ध हुँदैन। क्रोचेको विचारमा बाह्य संसार वा प्राकृतिक भनेको केवल एउटा शाब्दिक विडम्बना हो ।

त्यस धारणाको ठिक विपरीत समाजपरक आलोचनाले भन्छ कि कलाको आधार नै समाज हो । हरेक कलात्मक सिर्जनाको सम्बन्ध समाजको उत्थान र पतनसँग हुन्छ । कला, कलाकारको सौन्दर्यबोध कला र समाजको सम्बन्ध केही सूक्ष्म अध्ययनको आधारमा मात्र पूर्ण हुन्छ ।
कुनै पनि सिर्जना आधारहिन हुनसक्दैन स्रष्टा कुनै स्थान र समयमा हुर्केको हुन्छ । उसको आयम त्यही स्थान र समयले निर्माण गरेको हुन्छ ।

कलाकारको कृति समाज र युगको स्थान र समयप्रति उसको प्रतिभा हो । तर रचना एक प्रतिभा मात्र होइन ।अहम्को अभिमुखी होइन यो समाज र युगको भोग परिवर्तन गर्ने एक विधा पनि छ । यसमा सामाजिक रूप परिवर्तन गर्ने व्यक्ति हुन्छ यसले कलाको उपयोगिता खोज्नु पर्दछ । यसप्रकार कलाकारको प्रमाण आफ्नो वातावरणको उचित अध्ययन गर्नु र आफ्नो अहम् र सामाजिक अहम्लाई द्घन्द्घात्मक सम्बन्धको अध्ययन गर्नु हो ।

नैसर्गिक हुन्छ भने गद्य विधा सम्झौतासँग सम्बन्धित हुन्छ । आदिम समाज वर्गविहीन समाज थियो अथवा कार्ल माक्र्सका शब्दमा कम्युनिस्ट समाज थियो ।

आर्थिक प्रयोजनका आधारहरू वर्ग सङ्घर्ष सुरू भइसकेको थिएन । फलफूल टिपी खाने वा सिकार गरेर आफ्नो जीवन धान्ने मानिसहरूको बीचमा सामाजिक सहयोगी भावना धैरै थियो उनीहरू एक सहानुभूति र प्रेममा बाँधिएका थिए ।त्यसले वर्ग सङ्घर्ष वा अन्तर विरोधमो हाधारमा लेखिएको काव्यको सम्भावना त्यसमा परको आधारमा परेका छन् ।

 तर मानिसको जीवन केवल संवेगात्मक थिएन । अस्तित्व, नैतिकता वा प्रकृतिको सुरक्षाका लागि केही आर्थिक प्रयोजन पनि पर्ने आयो । यसको लागि श्रम आवश्यक हुने भयो ।यसप्रकारको साधारण नैसर्गिक वा प्राकृतिक आवश्यकता देखि बाहिर आर्थिक आवश्यकता पनि मान्छेलाई पर्ने भए । यसकारण क्रियालाई अनेक सामुहिक अनुभूति वा अध्ययनद्घारा व्यक्त गरेर श्रमलाई प्रेरणासिद्घ बनाउनुप¥यो ।

भविष्यको कल्पनाको श्रमको असर आर्जन र उत्पादनको कल्पनामा उत्सुकनिस स्वयम् अ गर्ने मासफल भएको हुन्छ । यसो भएपछि वर्तमानका सीमा, बन्दन र आवश्यकतादेखि उसको मन माथि उठ्छ । यसपकारको क्रान्तिले सामुहिक उत्पादनप्रति अग्रसर गराउँछ । यसबारे के कुरा प्रष्ट हुन्छ भने सामुहिक सङ्ख्यालाई संरक्षण गरेर उपयोगी काममा लगाउने कार्य प्रेरणात्मक र सिर्जनशील हुने नै भयो अहिलेसम्म काव्य राजकीय बुर्जुवाजीको महङ्खव गाउँन मात्र सीमित थियो ।

पछिल्लो अवस्थामा काव्यले सर्वसाधारण व्यक्तिको पनि महङ्खव गाउँन थाले ।अब बुर्जुवा राजकीय हुन छोडेर राजतन्त्र विरोधी भयो । राजकीय वर्ग र विरोधी वर्गको दन्द सुरु भए पछि काव्यको अध्ययन सर्वसाधारण व्यक्ति माथि प¥यो । यस सङ्घर्षको परकाष्ट राजतन्त्र पतन हुन पुग्यो ।

यस पराजय र सम्झौताको युगीन महङ्खवपूर्ण कवि जोन हाइडेन हुन । नेपालमा पनि सामन्त शाहीसँग सम्झौता गरिसकेका छन् । विद्रोही भावना मुखाल्ती हुने सम्भावना छनै किनकि गर्नुको अर्थ उनले प्रतिनिधित्व गरेको बुर्जुवाजीको निसाना गर्नु हो ।

औद्योगिक क्रान्ति भएपछि कृषिबाट बुजुवाजीको पुँजीवादमा प्रवेश भयो । अब क्रान्तिको महङ्खव कम हुन थाल्यो किनकि उसले अब बजारमा किनमेल हुने वस्तुको आधारमा मूल्य गर्न थाल्यो ।कलाको एक छुट्टै अस्तित्व छ त्यसलाई बजारको भाउ उपयोगिता जस्ता सागुरा प्रवेश भित्र राख्नु उचित होइन भन्ने देखिन्छ ।

पुँजीवादी अर्थव्यवस्थाको अन्तर विरोध के छ भन्ने यसले अनियमितताको सिर्जना गर्छ भन्ने बाहिर अराजकताको सिर्जना गरिन्छ भने बाहिरबजारमा मुनाफावादी स्वामित्वको जन्म हुन्छ त्यो पनि पुँजीवादी अर्थ व्यवस्थाको नै नतिजा हो ।

लेखक  सुनार भेरी ज्ञानोदय बहुमुखी क्याम्पसका नेपाली शिक्षाका उप्रप्राध्यापक हुन् ।

सन्दर्भसामग्री
सुनार,पूर्णबहादुर (२०७४) अखिल आवाज, समाजका अन्तरविरोध, पराजय र सम्झौता, पृष्ठ ५७।
……………….,(२०६८) ज्ञानमाला स्मारिका, समाजपरक समालोचना प्रणाली,पृष्ठ १ ६।
………………,(२०७७) जर्नल अफ एकाडेमिक रिसर्च,अनुसन्धान र शोधप्रस्ताव पृष्ठ ७८ ८२।

तपाईको प्रतिक्रिया