
जाजरकोट, २१ माघ । बारेकोट गाउँपालिकामा १ सय ७० किलोवाटको सौर्य विद्युत उत्पादन हुने भएको छ । बैकल्पिक उर्जा प्रबर्धन केन्द्र काठमाडौँले सो सौर्य प्रणाली जडान गर्न लागेको हो । गाउँपालिकाको लिम्सामा जडान हुन लागेको सौर्य विद्युत प्रणाली बैकल्पिक उर्जा प्रबर्धन केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्वमा रेखदेख हुनेगरी सौर्य विद्युत प्रणाली जडान गर्न लागिएको हो ।
बारेकोट गाउँपालिकामा बन्न लागेको सौर्य विद्युत प्रणालीका लागि ९५ लाख बजेट बिनियोजित भएको वैकल्पिक उर्जा प्रबर्धन केन्द्रले बताएको छ । केन्द्रले ९० प्रतिशत र स्थानीय तहले १० प्रतिशत बजेट व्यवस्था गर्नुपर्ने पनि केन्द्रले जानकारी दिएको छ । बोलपत्रको लागि सुचना आव्हान भैसकेको छ । तीन महिनाभित्र सौर्य प्रणाली जडान हुनेछ ।
सौर्य विद्युत प्रणालीले गाउँपालिका भित्रको सबै घरधुरीमा उज्यालो हुनेछ । विद्युतको पहुँच नपुगेका कर्णालीका स्थानिय तहमा पहुँच वृद्धि गर्ने उद्धेश्यले सौर्य प्रणाली जडान सम्झौता भएको र तेहि अनुसार निर्माण कार्य अघि बढेको बारेकोट गाउँपालिकाले जनाएको छ । बैकल्पिक उर्जा प्रबर्धन केन्द्रले कर्णालीका पाँचओटा स्थानिय तहमा तीन महिना भित्र सौर्य विद्युत प्रणाली जडान गर्न लागेको हो ।
















































। २१ माघ २०७७, बुधबार