
दररेट समितीकाे वैठक तस्वीर
जाजरकोट, १६ माघ । जिल्लामा सञ्चालन भएका फे्रस हाउसमा मासुको मुल्य पसलपिच्छे फरक देखिएको छ । पसलमा किन्ने ग्राहकहरुले विभिन्न पसलमा फरक मुल्य भएको गुनासो गरेका हुन । भेरी नगरपालिका ३ थाप्लेमा रहेको फे्रस हाउसमा खसीको मासु प्रतिकेजी ९ सय मुल्यका दरले वितरण गरिन्छ भने, गैरीखालीमा सञ्चालन भएको फ्रेस हाउसमा ८ सय ५० मुल्य प्रतिकेजीका दरले मासु वितरण गर्ने गरिएको पाईएको छ ।
थाप्लेमा भएको मासु पसल बाट केजीको ९ सय दिएको स्थानीय चन्दा खत्रीले बताईन । उनले भनिन्, ‘विभिन्न फ्रेस हाउसमा फरक मुल्यका दरले मासु वितरण भईरहेको देखिन्छ, मैले केजीको ९ सय रुपैयाँ हालेर खसीको मासु खाएको छु ।’ शान्ती चौतारामा खसीको मासु ७ सय ५० मा वितरण गरिन्छ भने थाप्ले,गैरीखाली न्युरोडमा ८ सय ५० देखि ९ सय सम्म प्रतिकेजीको मुल्य तिर्न बाध्य भएको उपभोक्ताको गुनासो छ ।
‘कुनै पनि पसलले मासुको मुल्यसुची राखेको देखिदैन्, कति मुल्य हो भन्दा मनपरी ढंगले व्यापारीले मुल्य भन्छन्, जति भने त्यति दिनुपर्छ स्थानीय प्रेम विश्वकर्माले भने ।’ यस्तै भेरी नगरपालिका १ रिम्नामा खसीको मुल्य ६ सय ५० र शिवालय गाउँपालिकाको छेडा बजारमा पनि मासुको मुल्य प्रतिकेजी ६ सय ५० का दरले वितरण गर्ने गरेको स्थानीय व्यापारीहरुले बताएका छन् ।
सदरमुकाम समेत भएको खलंगामा मासुको मुल्यमा व्यापारीहरुले मनपरी मुल्य लगाएको स्थानीय उपभोक्ताको आरोप छ । ‘कुनै पनि पसलमा मुल्यसुची राखिएको हुदैन्, हामीले कसरी मासुको मुल्यमा पैसा तिर्ने, यहाँका सबै व्यापारीहरुले हामीलाई ठगेको देखिन्छ स्थानीय व्यापारी मुहान खड्काले भने ।’ जिल्ला प्रशासन कार्यालय जाजरकोटले गत बर्षको दररेटमा मासुको मुल्यमा खसीको प्रतिकेजी ७ सयका दरले वितरण गर्ने निर्णय गरेको थियो ।
तर प्रशासनले गरेको निर्णको अनुगमन नगर्दा पसलपिच्छे मासुको मुल्य फरक देखियो र उपभोक्ता ठगिएको स्थानीय वुद्धिजिवीहरु बताए । मुल्य निर्धारण गरेर मात्र भएन् कतिले वितरण गरिएको छ भन्ने कुरा अनुगमन गर्दा एकदमै राम्रो हुने उनीहरु बताउँछन् । उपभोक्ताहरु बाट गुनासो आएपनि जिल्ला प्रशासन कार्यालय जाजरकोटले खलंगामा सञ्चालन भएका फे्रस हाउसका सञ्चालकहरुलाई बोलाई तत्काल मासुको मुल्यसुची टाँस्न निर्देशन दिएको छ ।
दर्ता नभएका पसलहरु तत्काल दर्ता गर्ने, निर्धारण गरिएको मासुको मुल्यमा मात्र वितरण गर्ने, सरसफाई राख्ने भन्दै प्रमुख जिल्ला अधिकारी चेतराज बरालले निर्देशन दिएका छन ।
कायम मासुको नयाँ मुल्य
विहीबार प्रमुख जिल्ला अधिकारीको संयोजगत्वमा बसेको रेट निर्धारण समितीको वैठकले खसीको नयाँ मुल्य कायम गरेको छ । उपभोक्ता, मासु पसले, पत्रकार र अन्य सरोकारवालाहरुको विचमा नयाँ खसीको मुल्य निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
उनका अनुसार, खसीको मासुको मुल्य प्रति केजीको ७ सय ५० रुपैयाँले वितरण गरिने निर्णय गरेको हो । पहिले मासु मात्र ८ सय र टाउको खुट्टा मिश्रित ७ सय ५० ले दिने गरेको भएपनि मिश्रित मासु बनाई ७ सय ५० मुल्यमा मासु दिने निर्णय गरिएको उनको भनाई छ ।
कुखुराको मासुको मुल्य तत्काल ठीक भएपनि समितीको अर्काे वैठकले टुंगो लगाउने बताईएको छ । अहिले बजारमा कुखुराको मासुको मुल्य ४ सय प्रतिकेजीमा वितरण भईरहेको छ । केही समय पछि विशेषज्ञ टोली सहित मासु पसलको अनुगमन गर्ने प्रजिअ बरालले दावी गरे । तोकिएकै मुल्यमा मासु वितरण गर्न समेत आग्रह गरिएको छ ।
















































। १६ माघ २०७७, शुक्रबार