बारेकोटमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुदै


जाजरकाेट । जाजरकोटको बारेकोट गाउँपालिकामा माघ १५ देखि २१ गते सम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालनमा हुने भएको छ । बारेकोट गाउँपालिका सहायक नाम दर्ता अधिकारी लक्ष्मी रोकाय पुनका अनुसार, माघ १५ गते सुचना तथा नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

माघ १६ गते देखि १७ गते सम्म झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोध उजुरी दिने कार्यक्रम रहेको छ ।

भने, माघ १६ देखि १८ गते सम्म मतदाता नामावली रहेको नाम वा विवरण रहेको त्रुटि सच्याउन दोहोरो नाम हटाउन, निवेदन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनको लागि सुचना दिने कार्यक्रम रहेको अधिकारी रोकाय जानकारी गराइन ।

तपाईको प्रतिक्रिया