आफ्नो भत्ता कट्टाएर विद्यार्थीलाई पोशाक

जाजरकोट, ७ माघ । सरस्वती माध्यमिक विद्यालय शिवालय सिमा जाजरकोटका प्रधानाध्यापक इन्द्र बहादुर थापाले आफुले पाउने पारिश्रमिक भत्ता नलिएर कक्षा ६ देखि १२ सम्मका १४ जना गरिव जेहेन्दार, आमा बावु नभएका साहाराविहीन विद्यार्थीलाई प्रोत्साहन गर्ने उदेश्यले विद्यालयको लोगो अंकित पोशाक तयार पारी बितरण गरेका छन ।

आमाबुवा नभएका असहाय बिद्यार्थी लाई बिद्यालयको पोशाक बितरण गरेको प्रअ थापाले जानकारी दिए । कक्षा १० मा अध्ययनरत छात्र गोबिन्द बिकले भने, ‘हाम्रो विद्यालयमा इन्द्र बहादुर थापा प्रधानाध्यापक भएपछि पढाई राम्रो संग हुने गरेको छ । प्रधानाध्यापकले पाउने भत्ता आफुले नलिएर अभ्यास पुस्तिका नि हामीलाई दिनु भएको थियो ।

हामी जस्तो कमजोर आर्थिक अवस्था भएको विद्यार्थीलाई पोशाक बितरण गरेर हामीलाई सहयोग र राहत भएको छ । म खुशी छु ।’ केही महिना अगाडि प्रअ भएपछि उनले प्रअ बापत पाउने पारिश्रमिक रकम नलिने र जेहन्दार असाहय आर्थिक स्थिति कमजोर रहेका विद्यार्थीलाई नै शैक्षिक सामग्री दिने घोषणा गरेका थिए ।

उक्त घोषणा लगतै प्रअले पाउने पारिश्रमिकबाट प्रति महिना ५ हजार कट्टी गरी गरिव जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्रीमा खर्च गर्ने उदेश्यका साथ अभ्यास पुस्तिका छपाई गरि विद्यालयका सबै बालबालिकालाई बितरण गरिएको र त्यसैको निरंतरता स्वरूप आज पोशाक बितरण गरेको शिक्षक महेन्द्र आचार्यले बताए ।

तपाईको प्रतिक्रिया